पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ, पश्चिमतिरका पुराना स्टलहरु भत्काउन सुरु

  • आश्विन १२, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी

 ‘हाम्रो लहान,सुन्दर लहान’ मुख्य नाराका साथ विकास निर्माणको कार्यलाई तीव्रता दिँदै आइरहेको लहान नगरपालिकाले स्मार्ट सिटी कार्यक्रम अन्तर्गत लहान–५ स्थित नयाँ बजार निर्माण कार्यलाई अघि बढाँउदा विगत एक वर्षदेखि नयाँ बजारमा रहेका स्टलहरु हटाउन व्यापारीहरुले मान्न तयार भएको थिएन । चार दल सहित व्यापारीहरुसँग भएको सम्झौता अनुसार दसवटा स्टलहरु हटामँउदै जाने र अस्थायी संरचना निर्माण गरी पसलहरु सार्दै जाने सहमति अनुसार मङगलबारदेखि पूर्वतिर अस्थायी टहरा निर्माण शुभारम्भ र नयाँ बजारको पुरानो स्टल भत्काउन सुरु गरेको छ 


कैयो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ बजारमा रहेका साना ठूला ९६ वटा स्टलहरु हटाउन नगर प्रहरी आँउदा प्रहरीहरुलाई नै लखिटि दिने गरेको थियो । निकै रस्साकस्सीपछि चार दल र स्थानीय व्यापारीको प्रतिनिधि र सुरक्षा निकायबीच बसेको बैठकले गरेको सहमति अनुसार नै कार्य अघि बढाएको लहान नगरपालिकाले जनाएको छ । मङगलबार स्थानीयबासीहरुको बाक्लो उपस्थितिमा लहान ५ नम्बर वडा कार्यालयको उत्तरपटि रहेको खाली जग्गामा अस्थायी टहरा निर्माण कार्य लहान नगरपालिका प्रमुख मुनि साहले एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गर्नुभयो । भद्र सहमति अनुसार पश्चिमपटिको १० वटा स्टलहरु भत्काउन जिसिवी र नगरप्रहरी परिचालन गरी भकाउने कार्य पनि सम्पन्न भयो 

naya bajar nirman  karya suru 22.photo 3 1
लहान नगरप्रमुख मुनि साहको अनुसार भएको सहमति कार्यान्वयन गर्नको लागि कैयो पटक पसल खाली गर्न दिएको सूचनालाई वेवास्ता गरी पसल नहटाउने र नयाँ बजार बनाउन नदिइने गरी बाधा खडा गरेपछि बल प्रयोग गर्नु परेको बताउनुभयो । १३ करोडमा ठेका टेण्डर भैसकेको नयाँ बजार निर्माण भएपछि लहान बजारको मुहार नै फेरिने स्मार्ट सिटी बनाउने उद्येश्यले नयाँ बजार बनाउन लागेका छौँ । उहाँले सार्वजनिक कार्यक्रमबाटै आग्रह गर्नुभयो, ‘विकासको काममा तगारो नबनौ,नयाँ बजार नयाँ रुपमा निर्माण भएपछि पसल गरिरहेकाहरुलाई नै प्राथमिकता दिइनेछ । हाम्रो लहान समृद्ध लहानको महान लक्षय पुरा गर्न नयाँ बजार निर्माण,आर्यघाट र फोहोरबाट मोहोर उत्पादन कार्य लगायतका गौरवका योजनाहरु कार्यान्वयनमा ल्याउन कहि कतैबाट अबरोध नगरौ । विकासको लागि सहमति सहकार्य र एकताको वातावरणबाट अघि बढ्दा विकास निर्माण कार्यलाई नै अवरुद्ध गर्दा लहानको विकास कसले कसरी गर्ने छ ?

naya bajar nirman  karya suru 22.photo 2 1
कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालका अनुसार चार दलले गरेको सहमति अनुसार नै अस्थायी टहरा निर्माण गरेर पसल सञ्चालन गरिरहेका पसलेहरुलाई व्वयस्थापन गर्दै जाने र बजार निर्माण कार्य अघि बढाउदै जाने सहमति अनुसार नै कार्य अघि बढ्नुपर्ने बताउनुभयो 

naya bajar nirman  karya suru 22.photo 4 1
समानहरु बहिर निकाल्न नममनेका पसलेहरु जिसिवी लगाएर पसल भत्काउन थालेपछि समानहरु बहिर निकाल्न नपाएको स्थानीय व्यापारीहरुले गुनासो पोखेका छन् । अरु दिन लहान नगरपालिकाबाट भत्काउन आउने नगर प्रहरीलाई नै व्यापारीहरु लखेटेको थियो भने मङगलबार नगर प्रहरी र स्थानीय युवाहरुले पसल खाली हुनुपर्छ र नयाँ बजार निर्माण कार्य अघि बढनुपर्छ भन्दै आक्रमक रुपमा पेस भएपछि व्यापारीहरु भगाभाग भएको थियो 


जिसिवीले स्टल भत्काउन थालेपछि स्थानीय गुडिया खातुन र राम औतार शर्माले अवरोध गरेपछि भएको झडपमा नगरप्रहरीले हानेको लठीले शर्माको टाँउकोमा र खातुनको जिउमा चोटपटक लागेको थियो ।

 

 

 

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A