विशेष अफर सहित भायानेटको शाखा लहानमा विस्तार

  • असोज १३, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,
लहान । सिरहाको लहानमा भायानेटले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यले रिबन काटी भायानेट कार्यालयको उद्घाटन गरेको हो ।

भायानेट नेपालमा व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतीको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक हो । विगत २१ वर्षदेखि निरन्तर ग्राहकलाई सेवा दिदै आएको भायानेट देशकै ठूलो निजी इन्टरनेट प्रदायक कम्पनी रहेको दावी गरिएको छ ।

भायानेटको सुपर स्पिड इन्टरनेट संगै एक सय ७५ भन्दा बढी टिभी च्यानलहरु उपलब्ध हुने लहान शाखाका प्रमुख शुशिल कुशवाहाले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिने बताउनु भयो ।

भायानेटका केन्द्रीय प्रशासनिक अधिकृत अमन अन्सारीले भायानेट बारे जानकारी दिदै भन्नुभयो- ‘लहानको नयाँ शाखा उद्घाटनसंगै भायानेटले विशेष अफर प्रदान गरेको छ । भायानेटको इन्टरनेट जडान गर्ने ग्राहकले ४ महिनासम्मको इन्टरनेट सुविधा निःशुल्क पाउने छन् ।’

उहाँले लहानका इन्टरनेट प्रयोग कर्ताको अत्यधिक माग पश्चात भायानेटले आफ्नो शाखा बिस्तारमा लहानलाई चयन गरेको बताउदै यस क्षेत्रका ग्राहकहरुले यो अवसरको भरपुर फाईदा उठाउनेमा कम्पनी विश्वस्त रहेको बताउनु भयो ।

photo_2021-09-29_19-58-25 photo_2021-09-29_19-58-27

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A