जीर्ण भवन भत्काउँदै टहरा निर्माण गर्दै नयाँ बजार निर्माण कार्य सुरु

  • असोज २६, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,
लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो ।

असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान–५ का अस्थायी टहरा निर्माण समितिका अध्यक्ष मो इसराइल सिद्दिकी सहित लक्ष्मी पासवान, सन्तोष पण्डित र सन्जय साहलाई पक्राउ गरेको थियो ।

naya bazar  news  photo 2
लहान नगरपालिका र नेकपा एमाले पाँचै जना स्थानीय युवाहरुलाई रिहाइको लागि विज्ञप्ती जारी गरी लहानमा विरोध प्रदर्शन गरेको थियो भने नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीले पक्राउ परेकाहरुलाई कारवाही हुनुपर्ने माग गर्दै विज्ञप्ती प्रकाशित गरेर प्रदर्शन गरेको थियो ।

naya bazar  news photo 3
असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रसदपराज कडेलको अध्यक्षतामा लहान नगरपालिका र चार दलबीच फेरि नयाँ सहमति भएपछि पक्राउ परेका ५ जना लाई रिहाइ गरी बजार निर्माण कार्य सुरु भएको हो । क्रमशः १० वटा जीर्ण भवन भत्काउदै जाने र १० वटा अस्थायी टहरा निर्माण गर्दै भएको सहमति अनुसार निर्माण कार्य सुरु भएको लहान नगरपालिका प्रमुख मुनि साहले बताउनुभयो ।


उहाँको अनुसार नयाँ १३ करोडमो लागतमा निर्माण हुने नयाँ बजार प्रदेश २ कै नमूना बजार हुनेछ । यस निर्माण कार्यको लागि भएको अन्तिम सहमति अनुसार निर्माण कार्यको लागि नेपाली काँग्रेसको तर्फबाट लहान नगरसभापति सुनिल कुमार महतो, नेकपा माओवादीका विजय गुप्ता, जनता समाजवादीको तर्फबाट बैजनाथ साह र नेकपा एमालेको तर्फबाट विष्णुलाल साहले सहमतिमा हस्ताक्षर गरेका थिए ।

naya bazar  news  photo 4
नेकपा एमाले जिल्ला कमिटिले पक्राउ परेका निर्दोष कार्यकर्ताहरुलाई रिहाइ नगरी र नयाँ बजार निर्माण कार्य सुचारु नगरे आन्दोलन गर्ने ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेललाई बुझाएपछि सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी बताउनुभयो ।

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A