जिवछ उदासी / फिरोज सिद्दिकी,
लहान । लहान नगरपालिका प्रमुख मुनि साहले चुनावको वेला नगरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न खुटी नहर सञ्चालमा ल्याउन पूर्वाधार तयार हुन लागेको बताउनु भएको छ ।
लहान–१० मा खुटी नहर सञ्चालनको लागि हेडवर्क निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख साहले यस्तो बताउनु भएको हो ।
‘हाम्रो लहान, समृद्ध लहान’को नारा कार्यान्वयन गर्न र चुनावी प्रतिवद्धतालाई पुरा गर्न खुटी नहर सञ्चालन कार्य अघि बढाएको उहाँले प्रष्टयाउनुभयो ।नगरप्रमुख साहले भन्नुभयो, ‘चुनावमा गरेको प्रतिवद्धता अनुसार ९०प्रतिशत कार्यहरु पुरा हुनै लागेको छ, वाँकी १० प्रतिशत कार्य पुरा गर्न संघ र प्रदेशको सहयोग आवश्यक छ । यसको लागि पनि पहल गरिरहेको छु ।’
‘खुटी नहर सिंचाई र जल विहारको लागि पर्यटकहरुलाई आकर्षण गराउने उद्येश्यले निर्माण गर्न लागेको हो । ३५वर्ष देखि अलपत्र रहेको खुटी नहर निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यमा सबै पक्षको सहयोग आवश्यक पर्छ’, उहाँले भन्नुभयो ।
लहान नगरपालिकाको दक्षिणी भेगका १०,११,२०,२१ नम्वर वडाका हजारौ किसानका लगभग एक हजार विगहामा सिंचाई हुने लक्ष्यका साथ यो कार्यक्रम अघि बढेको हेडवर्क निर्माण समितिका अध्यक्ष स्वामी नारायण उप्रेतीले बताउनुभयो ।
८ करोड ५६ लाखमा ठेका लिएको मल्टीटेक कम्पनिले प्रालिले निर्धारित समयभित्र नै कार्य सम्पन्न गर्न उपस्थित विभिन्न क्षेत्रका अगुवाहरुले सुझाव समेत दिएको थियो ।
लहान नगरपालिकाले ठेका टेण्डर समेत लगाइ सकेको आर्यघाट निर्माण, फोहोरबाट मोहर र नयाँ बजार निर्माण लगायतका विकास निर्माणमा तगारो खडा हुनु विडम्बना भएकोले यस्तो तगारो हटाएर लहानको विकासमा सहयोग गर्नुपर्ने नेकपा एमाले प्रदेश कमिटिका सदस्य राजेन्द्र प्रसाद चौधरीले आफनो धारणा राख्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A