जिवछ उदासी
लहान मंसिर २३ गते । लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ ।
स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो ।
दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दोलन गर्नु परेको छ ।
व्यवस्थापन समितिका सदस्य समेत रहनु भएको राजेश गुप्ता भन्नुहुन्छ,'शिक्षाको मन्दिर को रुपमा रहेको विद्यालयमा यसरी गरिएको भ्रष्टाचार अब सहय हुँदैन । यसको लागि विद्यालयका वर्तमान प्रधानाध्यापकले खोजबिन गरेर सकारात्मक पहल लिन जरुरी छ ।'
८९ जना व्यापारीसँग रकम संकलन गर्नुभएको तत्कालिन प्रअ प्रमेश्वर राय अवकाश भैसक्नु भएको अवस्था छ । समस्याको समाधान र व्यापारीहरुलाई न्याय दिलाउन सरोकारवाला निकायहरुको ध्यान आकर्षण गराउन आन्दोलनमा उत्रिनु परेको पीडित व्यापारी सरिता महतोले दुखेसो पोख्नुभयो ।
विद्यालयको प्रधानाध्यापक प्रमेश्वर राय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीको पालामा रकम संकलन गरियो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगनलाल चौधरीको पालामा समस्या समाधान गर्न पहल गर्न प्रयास गरियो तर परिणामुखि भएन । वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र चौधरी र प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरीले समस्याको समाधान गरुन ध्यान आकर्षण गराउन आन्दोलन गर्न बाध्य हुनु परेको पीडित व्यापारीहरुले बताएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A