स्टल निर्माणको संकलित रकममा भ्रष्टाचार हुँदा व्यापारीहरु समस्यामा

  • मंसिर २३, २०७८
  • समृद्धिपथ

जिवछ उदासी 

लहान मंसिर २३ गते ।‌ लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ । 

स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो । 

दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दोलन गर्नु परेको छ । 

received_338001787680451 received_232216015702006

व्यवस्थापन समितिका सदस्य समेत रहनु भएको राजेश गुप्ता भन्नुहुन्छ,'शिक्षाको मन्दिर को रुपमा रहेको विद्यालयमा यसरी गरिएको भ्रष्टाचार अब सहय हुँदैन । यसको लागि विद्यालयका वर्तमान प्रधानाध्यापकले खोजबिन गरेर सकारात्मक पहल लिन जरुरी छ ।' 

८९ जना व्यापारीसँग रकम संकलन गर्नुभएको तत्कालिन प्रअ प्रमेश्वर राय अवकाश भैसक्नु भएको अवस्था छ । समस्याको समाधान र व्यापारीहरुलाई न्याय दिलाउन सरोकारवाला निकायहरुको ध्यान आकर्षण गराउन आन्दोलनमा उत्रिनु परेको पीडित व्यापारी सरिता महतोले दुखेसो पोख्नुभयो । 

received_338001787680451

विद्यालयको प्रधानाध्यापक प्रमेश्वर राय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीको पालामा रकम संकलन गरियो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगनलाल चौधरीको पालामा समस्या समाधान गर्न पहल गर्न प्रयास गरियो तर परिणामुखि भएन । वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र चौधरी र प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरीले समस्याको समाधान गरुन ध्यान आकर्षण गराउन आन्दोलन गर्न बाध्य हुनु परेको पीडित व्यापारीहरुले बताएका छन्  । 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A