वीरनायक सलहेशको गाथासँग जोडिएका सम्पदाहरु फूलबारी मेला, पकरियागढ, मानिकदह, महिसोथागढ, ननमहरी पोखरी, छोपहा चौरी, बिराटपुर र त्रिवेणी मेला

  • बैशाख १, २०७९
  • समृद्धिपथ
alt

वीरनायक सलहेशको गाथासँग जोडिएको सम्पदा मध्ये फूलबारीले मिथिला क्षेत्रको विशेष प्रतिनिधित्व र महत्व राख्दछ । दुसाध जातिको कुल देवताको रुपमा रहेको सलहेश मिथिला अञ्चलको निकै प्रभावशाली देवताको रुपमा आदरपूर्वक पूजिने गरिन्छ । सहलेश मिथिला अञ्चलका यस्ता देवता हुन जसको परिवारको प्रत्येक सदस्यलाई कुनै न कुनै रुपमा पुजिने गरेको पाइन्छ । अर्थात एक्कै शब्दमा भन्ने हो भने सलहेश परिवार देवताहरुको परिवार हो । यस परिवारमा सलहेश सबै भन्दा प्रमुख देवताको रुपमा पुजिदै आएको छ । यीनका माइला भाई मोतीराम पहलमानहरुको देवताको रुपमा पुजिन्छ । भनिन्छ पहलमानहरु कुस्ती खेल्न आखाडामा जानु अघि मोतीरामको स्मरण गर्दछन । यीनका कान्छा भाई बुदेश्वर बुद्धिका देवता हुन ।सलहेशकी बहिनी बनस्पति बनदेवीको रुपमा पुजिन्छ भने उनकै परिवारका सदस्य अन्हेरबाँट गाईबस्तुको देवताको रुपमा पुजिन्छ । पारिवारिक पृष्ठ भूमि दलित भएपनि मिथिला अञ्चलमा यतिका प्रचलित र प्रत्येक व्यक्तिबाट स्रदा पाएका यस देवताको परिवार लाई हरेक वर्ष बैशाख संक्रान्तीको दिन स्मरण गरिन्छ ।

मिथिला अञ्चलमा सलहेश गाथालाई एउटा लोक गाथाको रुपमा लिएको छ । यसको गाथा प्राय गरी लोकनाचमा सुन्न पाइन्छ । यस गाथामा अनेक स्थानको चित्रण गरिएको छ । गाथाम वणर्न गरिएको कथा र ठाँउलाई यहाँ छोटकरीमा वणर्न गरिएको छ ।

277762389_3085962148323600_834150176576681668_n

फुलबारी मेला :-

प्रत्येक दिन सैयौको संख्यामा नेपाल लगायत छिमेकी मुलुक भारतको विहार राज्यबाट यहा स्थीत विभिन्न धार्मिक तिर्थ स्थलहरुको दर्शन गरी जाने गरेको स्थानीयवासीहरुले बताएका छन् । यस्तै मान्यता छ सिरहाको विभिन्न धार्मिक स्थलहरुको । एक एक हप्ता फुलको बोटमा फूलहरु फुल्नु कुनै अनौठो कुरो होइन तर एउटै रुखमा सातोशताब्दीदेखि वर्षको पहिलो दिन मात्र फूल्नु आश्चर्य तथा रोचक नै भन्न सकिन्छ । त्यो पनि माला आकारको लहरे फूल फूल्नु र साँझ पख मौलाएर जानु दर्शक तथा बनस्पतिविद बीच कौतुहलको बिषय भएको छ ।

सगरमाथा अंञ्चलकोे प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पडरिया चोकदेखि दक्षिणमा रहेको एउटा ऐतिहासिक तथा धार्मिक फूलबारीमा प्रत्येक वर्ष बैशाखको पहिलो दिन सो फूल फूल्ने गरेको पाइन्छ । करिब नौ विग्हा क्षेत्र फलमा फैलिएको सो फूलबारीमा दलितहरु मध्ये दुसाद जातीको कुल देवता सलहेशको नाममा सलहेश फूलबारी को नामले प्रसिद्धि पाएको छ ।

फूलबारीको मध्य भागमा रहेको हारम नामको रुखमा प्रत्येक वर्ष बैशाखको पहिलो दिन एक दिनको लागि मात्र सेतो माला आकारको फूल फूल्ःने गरेको छ । सो दिन एका बिहानै एक्कासी उक्त रुखमा फूलको थुग्गो फूल्ने गरेको र सोही दिन साँझ पख स्वत ः मौलाएर जाने कार्यले धर्मालम्बीहरुलाई अबिस्मरणीय र अविस्वसनिय लाग्दछ । तर यो यथार्थ यसमानेमा सत्य हुन जान्छ की उक्त फूल सात सय वर्षदेखि यसै प्रकार वर्षको पहिलो दिन फूल्नु र साँझमा मौलाएर जाने प्रकृया चलिरहन्छ ।
ती रुख के का हुन ? कसरी यतिका दिन सम्म बाचिरहेका छन । भन्ने प्रश्न बनस्पतिविदहरुको लागि अध्यन अनुसन्धानको बिषय बनेको छ । प्रत्येक वर्ष वैशाख १ गते सो वनमा लाग्ने मेला भर्न आउने धर्मालम्बीहरुबिच लोकप्रिय रहेको फूल फूल्ने रुखलाई पूजा गर्ने परम्परा समेत रहि आएको छ । रुख छेउ मै राजा सलहेश र दिना मालिनीको मन्दिर( (गहवर) छ । भनिन्छ साँचो मनले त्यहाँ जस्ले भाकल गर्दछ उसको मनोकामना पूरा हुने गरिन्छ । मन्दिरमा सलहेश र दिना मालिनीको भव्य मूर्ती रहेको छ । त्यहाँका पूजारीका अनुसार मन्दिरको पछाडी काँचको कुवा र बलि गंगा नदी बग्ने गरेको र कुवा कहिले काही आकल झुलक मात्र देखा पर्दछ ।

धार्मिक विश्वास अनुसार प्रत्येक वर्ष बैशाखको पहिलो दिन दिनामालिनीले राजा सलहेशको प्रतिक्षामा माला भएर देखा पर्ने गर्दछिन । सिरहा जिल्ला भित्र पूर्व कणर्ाटककालिन अवशेषहरु रहेको छ । यस जिल्लाको मान्यतालाई हेर्ने हो भने अत्यधिक सम्मान पाएका राजा सलहेश दुषाद जातीका कूल देवता भएपनि सबै जातजाति को लागि त्यतिकै पूजनिय र सम्मानित रहेको छ । स्थानीय स्तरमा गरिने लोक नाचहरुमा राजा सलहेशको वणर्न बिस्तुत रुपमा गरेको पाइन्छ । सिरहा जिल्लामा गाउने लोकगाथामा राजा सलहेश को पराक्रम र विरताको वणर्न गरिएको पाइन्छ ।

भनिन्छ-सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट आखाडामा कुस्ती खेल्ने, सलहेश गढमा कूलदेवीको पूजा गर्ने र प्रजाको विरमर्का सुन्ने गरिन्थ्यो । इतिहास अनुसार वि.स. १३२५ मा सिरहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश र उनकी पे्रयसी मालिनी बिचको प्रेम विवाहको लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ । भनिन्छ यस फूलबारी भित्र रहेको हारमा रुखलाई युवायुवतीहरुले लव प्वाइन्टको रुपमा लिएका छन । युवायुवती बिच हुने प्रेम कथालाई जिवन्तता प्रदान गर्न उक्त हारमको रुखलाई साक्षी मानेर विवाह गरे अमर हुने जनविश्वास रहि आएको छ ।

यस्तो अनौठो रुख र त्यसमा वर्षको एक पटक मात्र फूल्ने फूलको बारेमा राष्ट्रिय स्तरमा अनुसन्धान हुनु पर्ने र सरकारले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नू पर्ने विज्ञहरुको माँग रहेको छ ।

pakadiyagadh

पकरियागढ :-

सलहेशको गाथासँग जोडिएको अर्को महत्वपूणर् स्थल पकरियागढ हो । यस मानेमा यो गढ महत्वपूणर् रहेको की यही सलहेश माथि चोरीको आरोप लागेको थियो । भदैया गाउँ विकास समितिमा पर्ने यो गढ लहान बजारदेखि १० किलो मिटर उत्तर तर्फ रहेको छ । यसलाई कञ्चनगढ पनि भनिन्छ । यहाँ राजा कुलेश्वरको दरबार रहेको थियो । सलहेश गाथामा वणर्न गरिए अनुसार पकरियागढ जाने बाटोमा चुहर्वा चोक र उत्तरमा सिताकुण्डदह रहेको छ । गढ नजिकै कमलदह र मानिक दह पनि छ । गढमा रहेको पोखरी डिलमा राजा कुलेश्वरको मन्दिर छ । प्रत्येक वर्ष मागे संक्रान्तीको अवसरमा लाग्ने ठूलो मेला भर्न आउने धर्माबलम्बीहरु ले राजा कुलेश्वरको पूजा अर्चना गर्ने गरेको जनविशवास रहेको छ ।

Patari copy

पतारी पोखरी :-

लहान बजारदेखि १५ किलोमिटर पश्चिम दक्षिण कुणामा अवस्थित महेशपुर गाविस स्थित रहेको राजा सलहेशको जिवन पद्धतीसंग जोडिएको अर्को पवित्र धार्मिक स्थान हो पतारी पोखरी । यहाँ राजा कुलेश्वरका कान्छा भाई हरिसिंहदेवको निवास रहेको मानिन्छ । यहाँ हरिसिंहदेवको मन्दिर पनि छ । जहाँ सन्तान नहुनेले सन्तान माग्न आउने गर्छन । जनविश्वास अनुसार सन्तान नहुने दम्पतीले राजा फूलबारीको दर्शन गरी पतारी पोखरीमा डुबुल्की मारेर तलको माटो खोत्लेर मुठीमा लिई भिजेकै लुगा सहित सिमाना नागेर लुगा फेरी घर जाने विधि गरेमा सन्तान सुख प्राप्त हुन्छ ।

manik dah

मानिकदह :-

सलहेश ले प्रत्येक दिन मानिकदहमा नुहाएर फूलबारीमा फूल टिप्ने र महिसोथामा आई राजमाता र कमला जीको पूजा गर्ने गर्दथ्थे । मानिकदहको पश्चिम किनारमा एउटा गहबर छ जहाँ सलहेशको प्रतिमा स्थापित छ ।भनिन्छ यस दहको निमाणर् सलहेश स्वमले गरेको थियो । यहाँ बैशाख संक्रान्तीको दिन ठूलो मेला लाग्ने गर्दछ ।

महिसोथागढ :-

राजा सलहेशको जन्म स्थलको रुपमा प्रसिद्ध छ यो गढ । सिरहा सदरमुकामको उत्तरपटि महिसोथा गाँउ रहेको छ । यहाँ सलहेशको मन्दिर रहेको छ । मन्दिर भित्र हातीमा सबार राजा सलहेशलाई देख्न सकिन्छ । मोतीराम तथा बुधेशवर छेउमै घोडामा सवार रहेको छ । हात्तीको एकातिर दिनामालिनी फूलको डाली लिई उभिएकी छिन । सलहेश मन्दिरको छेउमा अर्को पनि मन्दिर छ जस मध्ये एउटा राजमाता सलहेशकी आमाको पूजा हुन्छ भने अर्कोमा कमलाजी को पूजा हुन्छ ।

ननमहरी पोखरी :-

सलहेश गाथामा उल्लेख गरिएअनुसार भग्वान विष्णुले ननमहरी पर्वतमा रहेको शंकरको मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाएपछि प्रतापी राजा सलहेशले उक्त प्रतिबन्धलाई हटाई मन्दिर खुला गरेको थियो । सलहेशले पूजा गरको शिवलिङ्ग यही मन्दिरमा भएकोले भक्तजनहरुले यसलाई सलहेश गाथासँग जोडेकाछन । जनकपुरधामबाट ३२ किलोमिटर उत्तरमा रहेको यो मन्दिरमा पुण्य कमाउन धर्माबलम्बीहरु जाने गर्दछन ।

छोपहा चौरी :-

सलहेश गाथासँग जोडिएको छोपहा चौरी (फाँट) भारतको मधुबनी सहरबाट करिब २९ किलोमिटर उत्तर-पश्चिममा पर्दछ । यो ठाँँउ मधुबनी जिल्लाको बासोपटी थाना अन्तर्गत बिराट गाउँको उत्तरपटीको फाँट हो । यो फाँटको उत्तर-दक्षिण चौडाई थोरै भएपनि यस पूर्व पश्चिम लम्बाई करिब ४ किलाृेमिटर रहेको छ । सलहेश गाथामा बणर्न गरिएअनुसार सलहेशको दुरागमन(विवाह पश्चात बेहुला बेहुली फर्काउने) गराउने उद्येश्यले उनका भाई मोतीराम र भानिज करिकन्हा सलहेशको ससुराली बिराटपुर गइरहेको थियो । उनीहरु यस फाँटमा आइपुग्दा त्यहाँ घाँस काटिरहेकी ७ सय युवायुवतीहरु दुबैलाई समातेर हसिमजाक गर्न थालिन । भनिन्छ यी दुबै अजेययोद्धा भएपनि ती घाँसी युवतीहरु बीच निहिर भए ।

बिराटपुर :-

राजा सलहेशको ससुरालीको रुपमा प्रसिद्धि पाएको हो बिराटपुर ।यहाँ का राजा बिराटकी छोरी सत्यबती सँग उनको विवाह भएको थियो । कतिपय इतिहासकारहरुले राजा बिराट लाई चल्तीको आधारमा मोरङ्गको राजा भनि आफनो ग्रन्थमा उल्लेख गरेको छ । तर कतिपय इतिहासकारले मोरङ्क को बिराटनर लाई सलहेशको गाथासँग जोडिएको भएपनि सलहेशको ससुराली भएको बिराटनगर र मोरङ्क बिराटनर फरक रहेको धारणा र फरक मत राखेका छन । सलहेशको ससुरा राजा बिराटपुर राज्यका राजा थिए जो अहिले भारत मधुबनी जिल्लाको बासोपटी प्रखण्डमा पर्दछन । यस गाँउको पश्चिम र उत्तरमा बछराजा नदी बगेको छ । भने दक्षिण पूर्वमा राजा बिराटको गढ रहेको छ ।

त्रिवेणी मेला :-

सलहेश गाथामा उनकी बहिनी बनस्पति तथा सतखोलीयाको त्यहाँका राजा सैनी सँग पटक-पटक भेट हुने स्थान त्रिवेणी हो । पटक-पटकको भेट पछि दुबैबिच विवाह समेत भएको किवदन्ती रहि रहेको छ । यीनैको छोराको नाम करिककन्हा थियो । यो यति बलवान थियो कि कतिपय लडाई आफनो बुद्धि र बलबाट जितेको थियो । त्रिवेणी मेला जाने बाटोमा सलहेशकी आमा मन्दोदरीकी सखी विमलाको निवास रहेको कोकचिया गिधावर हकमाहा नामक स्थान पर्दछ । जहाँ मानिस पुग्दा हाँप्न थाल्ने भएकोले यो नाममा हकमाहा रहन गएको हो ।

सातसय वर्ष भन्दा बढी लामो इतिहास बोकेको सलहेश र यसका गाथा सँग जोडिएका धार्मिक तथा ऐतिहासिक स्थलहरु आज पनि त्यतिकै महत्व राख्दछ । आवश्यकता छ भने राज्य पक्षबाट यसको थप अनुसन्धान र संरक्षणको खाँचो रहेको छ । यसलाई संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकसित गर्न सके आन्तिरक तथा बाह्य पर्यटकीय स्थलकोरुपमा बिकास गर्न सके यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुटै पहिचान बनाउन सफल हुन सक्छ । र यसबाट आन्तिरक क्षेत्रको आर्थिक बृद्धि समेत बढन जाने छन ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A