इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायीको धर्ना माग सम्बोधन नभएसम्म निर्माण कार्य यथावत राख्ने चेतावनी

  • जेठ १, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, जेठ १ गते । निर्माण सामग्री र इन्धनको मूल्यमा भएको अप्रत्याशित तथा अत्यधिक वृद्धि नियन्त्रण गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ लहानले बिहीबार सडक डिभिजन कार्यालय लहानमा धर्ना कार्यक्रम गरेको छ।

निर्माण व्यवसायीहरूले बढ्दो मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको भन्दै सरकारले तत्काल समस्या समाधान नगरेसम्म निर्माण कार्य यथावत राख्ने चेतावनी दिएको हो।

सङ्घका पदाधिकारीहरूले सडक डिभिजन कार्यालय लहानमार्फत संघीय सरकारसम्म आफ्ना मागहरू पुर्‍याउन आग्रह गर्दै निर्माण क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न वातावरण तयार गर्नुपर्ने बताएका छन्।

निर्माण व्यवसायीहरूको भनाइमा पछिल्लो समय इन्धन, डण्डी, सिमेन्ट, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएको छ। तर, पुरानै दररेटमा ठेक्का सम्झौता भएका कारण निर्माण व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा परिरहेका छन्।

धर्नामा सहभागी व्यवसायीहरूले मूल्यवृद्धिअनुसार आयोजनाको लागत समायोजन नगर्दा धेरै निर्माण कार्य स्वतः प्रभावित भएको बताएका छन्। उनीहरूले निर्माण क्षेत्रलाई चलायमान राख्न मूल्य समायोजन, भुक्तानी प्रक्रिया सहजता तथा व्यवसायमैत्री वातावरण आवश्यक रहेको धारणा राखेका छन्।

निर्माण व्यवसायीहरूले सरकारसँग निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, इन्धन मूल्य समायोजन गर्न तथा व्यवसायीमैत्री नीति ल्याउन माग गरेका छन्।

आयोजित धर्ना कार्यक्रममा सिराहासहित आसपास क्षेत्रका निर्माण व्यवसायीहरूको सहभागिता  रहेको थियो।  उनीहरूले आफ्ना मागप्रति सरकारले चासो नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएको छ।

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

लहानमा सिटी स्क्यान ...

फिरोज सिद्दिकी  लहान, वैशाख २१ गते । सिराहा जिल्ल ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A