मूल्य पारदर्शिता सप्ताह मनाउन उद्योग वाणिज्य संघ सिरहाको आग्रह

  • वैशाख २८, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानले नेपाल सरकारको निर्णयअनुसार आजदेखि जेठ ३ गतेसम्म देशभर मनाइने “मूल्य पारदर्शिता सप्ताह” सफल बनाउन सम्पूर्ण व्यवसायी, उद्योगी तथा सेवा प्रदायकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

संघका महासचिव रविन्द्र कुमार श्रेष्ठ द्वारा जारी सूचनामा उद्योग, उत्पादनकर्ता, सप्लायर्स, खुद्रा तथा थोक विक्रेताहरूले आफ्ना सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची (Price List) तयार गरी ग्राहकले सजिलै देख्न सक्ने स्थानमा अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख गरिएको छ।

सूचनामा ग्राहकलाई पारदर्शी र सही जानकारी दिनु सबै व्यवसायीको दायित्व भएको उल्लेख गर्दै मूल्यमा कुनै भ्रम नपर्ने गरी स्पष्ट विवरण राख्न आग्रह गरिएको छ।

संघले मूल्य पारदर्शिता अभियानले बजारलाई व्यवस्थित, उपभोक्तामैत्री र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।

FB_IMG_1778483850467

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A