लहानसहित देशभर ईद–उल–अजहा (बकर ईद) हर्षोल्लासपूर्वक मनाइँदै

  • जेठ १४, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायले आज ईद–उल–अजहा (बकर ईद) पर्व हर्षोल्लास र धार्मिक उत्साहका साथ मनाइरहेका छन्। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो र अत्यन्त पवित्र पर्वका रूपमा मानिने यो दिनमा देशभरका मस्जिद तथा इदगाहहरूमा विशेष नमाज अदा गरिएको हो।

हिजरी संवत् अनुसार जिल–हिज्जा महिनाको १० तारिखमा मनाइने यो पर्वलाई धार्मिक रूपमा बलिदान, समर्पण र आस्थाको प्रतीकका रूपमा लिइन्छ। बिहानैदेखि मुस्लिम समुदायका श्रद्धालुहरू सामूहिक रूपमा मस्जिद र इदगाहमा भेला भई विशेष ईद नमाज पढेका थिए र एक–अर्कालाई “ईद मुबारक” भन्दै शुभकामना आदान–प्रदान गरेका छन्।

धार्मिक मान्यता अनुसार यो पर्व पैगम्बर इब्राहिमको ईश्वरप्रतिको अटुट आस्था र समर्पणसँग जोडिएको छ। कथनअनुसार ईश्वरको आदेशअनुसार उनले आफ्नो छोरा इस्माइललाई बलिदान दिन तयार भएको प्रसंगको स्मरणमा यो पर्व मनाइन्छ। तर, ईश्वरले उनको निष्ठा परीक्षणपछि इस्माइलको सट्टामा स्वर्गबाट भेडा पठाई बलिदान गराउनुभएको विश्वास गरिन्छ।

यस पर्वको मुख्य धार्मिक कर्मका रूपमा खसी, बोका, भेडा वा राँगाको कुर्बानी (बलि) दिने परम्परा रहिआएको छ। कुर्बानी गरिएको मासुलाई धार्मिक अभ्यासअनुसार तीन भागमा विभाजन गरिन्छ एक भाग गरिब तथा विपन्नलाई, दोस्रो भाग आफन्त र छिमेकीलाई तथा तेस्रो भाग परिवारका लागि छुट्याइन्छ।

यसै अवसरमा विश्वभरका लाखौं मुस्लिम धर्मावलम्बीहरूले साउदी अरबको मक्का शहरमा पवित्र हज यात्रा सम्पन्न गर्ने परम्परा समेत रहिआएको छ, जसलाई इस्लाम धर्मका पाँच स्तम्भमध्ये एक महत्वपूर्ण स्तम्भका रूपमा लिइन्छ।

नेपाल सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। देशका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा पर्व मनाइँदै गर्दा सामाजिक सद्भाव, एकता र सहिष्णुताको सन्देश प्रवाह भएको देखिएको छ।

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A