माहोल सृजना गर्न सके सिरहा एमालेमय हुने निश्चित

  • भदौ १८, २०७९
  • समृद्धिपथ
alt

   

जीवछ उदासी 

चुनाव महँगो भयो । यस अवस्थामा संघ र प्रदेशको उम्मेदवार हुन लखपतिले हुँदैन,करोडपतिको खोजी भइरहेको छ । चुनावी अखडामा गठबन्धनले जस्तो उम्मेदवार उठाउँछ,त्यस्तै उमेदवार एमालेले पनि उठाउने सोचमा एमाले रहेको छ । महँगो चुनावी परिपाटीले हरेक दलका इमानदार निष्ठावान नेताहरुको लागि समस्या भएपनि करोडपतिहरुको लागि राम्रै छ । जता गएपनि शुभलाभ छ । 

चुनावमा आर्थिक अवस्था कमजोर भएका नैतिकवान नेताहरु चुनावमा हुने खर्चको भयले उम्मेदबार बन्नबाट वञ्चित भइरहेका छन् । उम्मेदवार हुन संगठन,अर्थ र व्यक्तित्व तीन आधार चाहिन्छ यो सत्य नै हो । तर,यस विषयमा अन्य पार्टीहरुभन्दा कम्युनिष्ट पार्टीहरुले फरक ढङ्गबाट सोच्न जरुरी छ । कम्युनिष्ट पार्टीको रुपमा मंसिर ४ गते हुने चुनावमा नेकपा एमाले मात्रै सामना गर्न गइरहेको छ । नेकपा माओवादी र नेकपा एस काँग्रेससँग गठबन्धन गरेर कम्युनिष्ट धर्म नै विनास गर्न गइरहेको छ । त्यसैले यस गठबन्धनलाई अपवित्र गठबन्धन पनि भनिन्छ । दर्शन र विचार मिल्ने दलहरुको बीचमा हुने गठबन्धनलाई प्राकृतिक र स्वभाविक गठबन्धनको रुपमा लिनुपर्छ । 

नेकपा एमालेलाई गठबन्धनसँगको जवाफी फायर खोल्न हेभीवेट उमेदवार तीन आधारहरु मध्ये खर्च गर्न सक्ने उम्मेदबार उठाउनु पर्ने बाध्यता त छ । तर, यहि बाध्यता सधैं रहि रहने हो भने बाध्यता भन्दै विकृतिलाई संस्कृतिको रुपमा स्वीकार्ने हो भने पार्टीमा त्याग तपस्या र योगदान गर्नेहरु कहिले उम्मेदबार हुन पाउने ? यो प्रश्न पनि सँगसँगै उठिरहेको छ । यस विषयमा पार्टी किन गम्भीर भइरहेको छैन ? यदि पार्टी पंक्तिबाट नेता कार्यकर्ताले आवाज उठाइरहेका छन् भने अनसुनी गर्न मिल्दैन । सांगठनिक स्वरुप सवल नहुनु,पार्टीले सहकारीको नीति अबलम्बन नगर्नु,महँगो चुनावी विधिको विकल्प नखोज्नु आदि आदि यसको कारण रहेको छ । 

सांगठनिक स्वरुप भद्दा भएको छ । संख्या मात्रै बढाएको छ । अध्ययन र स्तर पुगेको छैन । हरेक कमिटिका आफ्नो आफन्त र हुहकारी भर्ने चाकरी गर्नेहरुको संख्या अत्यधिक हुनुले पार्टीमा स्वस्थ्य वहस र सहि निष्कर्ष निस्कन नसकेको अवस्थाले पुँजीपति पार्टीहरुलाई वैचारिक संगठनिक हिसावले परास्त गर्ने तागत राख्न सक्दैन । कम्युनिष्ट पार्टीमा जातिवादको जहर,के गाम के शहर चारैतिर फैलिनु पनि ठूलो चुनौति देखिएको छ । एमालेका जन संगठनहरुले आफ्नो जिम्मेबारी अनुसारको काम गरिरहेको देखिदैन । वर्गीय चिन्तनहरु कमजोर हुँदै गइरहेको छ । नेपाली काँग्रेस र एमालेको नेताहरुको चरित्र चित्रण गर्दाखासै फरक छैन । सिद्दान्त र व्यवहारमा तारतम्य देखिदैन । यस कारणले पनि गरी दलित पीडित जनताहरु कहि न कहि एमालेबाट टाढिएको त होइन भने कोणबाट पनि सोच्न जरुरी छ । अहिले चुनावमा होमिसकेपछि पार्टाीको आन्तरिक एकतामजबूत गर्न आवश्यक छ ।  

खर्च गर्न सकिने र पार्टीको बैचारिक लाइन बोकेको दुबै कुरालाई मनन गरेर उम्मेदबार उठाउन जोड दिनु जरुरी छ । मधेसको सवालमा जातीय सन्तुलन पनि आवश्यक छ । उम्मेदबार त चुनाव जित्न सक्नेलाई नै बनाउनु उपयुक्त हुन्छ प्रत्यक्षमा तर समानुपातिकमा पार्टीका पुरानो योगदान र एेतिहासिक विरासत बोकेको संसदमा आवाज उठाउन सक्नेलाई प्राथमिकतामा राख्न विर्सनु हुँदैन । 

एमालेको मूल लाइन जननेता मदन भण्डारीले स्थापित गर्नु भएको जनताको बहुदलीय जनवादको मूल स्प्रिटमा रहेको मूलभूत सिद्धान्तहरुलाई पार्टी जीवनमा लागु भइरहेको छ कि छैन त्यस कोणबाट हेर्न पनि उतिकै जरुरी छ । पार्टीमा आन्तरिक वहसमा कमिटिको सदस्यहरुलाई वायपास गरेर पदाधिकारीहरु हावी भइरहेको छ । पदाधिकारी र सदस्यहरुको दुरी निकै फराकिलो हुनुले आन्तरिक वहस व्यवस्थित हुन सकिरहेको छैन । पार्टीको संगठन,प्रशिक्षण,स्कूल र प्रचार प्रसार विभागको बीचमा सन्तुलन कायम गरी परिचालन गर्न नसक्नुले पनि चुनावको मुखमा हेभिवेट नेताहरु खर्च गर्न सक्ने कुवेरपतिहरुलाई चुनाव लडिदिनु भने विज्ञापन गर्नु परिरहेका छन् । पार्टीको बुद्धजीवीहरुको सक्रियता चुनावको मुखमा देखाउनुपर्ने बौद्धिकता देखाउनुको सट्टा सामानुपातिकमा नाम राखेर आफू कसरी सुरक्षित रहने तर्फ नै बुद्धि खर्चि रहेको पनि देखियो । तीन महिना अघि सम्पन्न स्थानीय चुनावमा आफ्नै पार्टीका उम्मेदवारहरुको पक्षमा नाकारात्मक टिप्पणी गरेको राम्रो कामको प्रचार गर्न नसक्नु,जातीय रुपमा भएको मतदानलाई सैद्यान्तिक र पार्टीको पक्षमा माहोल बनाउन नसक्दा लहान नगरपालिकामा हार सखुवानन।कारकटिमा अत्यन्तै कमजोर लक्ष्मीपुरपतारीमा आफ्नै कमजोरीले हार बिष्णुपुर गाउँपालिकामा अध्यक्ष बाहेक कुनै सदस्यसम्म जित्न नसक्नु ,जिल्ला समन्वय समितिका पुर्व उपप्रमुख सरोज यादव,अर्नामा गापामा जिल्ला पार्टी अध्यक्ष चन्देश्वर मण्डल आफ्नै नेता कार्यकर्ताको गलत हर्कतले हार्नु परेको कैयन उदाहरणहरु छन् जहाँ पार्टीका नेता कार्यकर्ताहरुको कमजोरी रहयो । हाम्रै गलत हर्कतले चुनावी परिणाम पार्टीको पक्षमा आउन नसकेकै हो । यी कमजोरी र हर्कतहरु मंसिर ४ गते हुने निर्वाचनमा नदोहोरियोस यसबारे सचेत हुन आवश्यक छ । 

हो,अहिले चुनावको मुखमा केहि तीतामीठा कुराहरु पचाएर चुनावमा जानुपर्छ । अर्जूनदृष्टि संघीय र प्रदेशको चुनाव बाहेक अरु कुरामा समय र उर्जा त खर्चिनु हुँदैन । पार्टीका नेतृत्वबाट जारी निर्देशन पालना गर्न तल्लो तहको नेता कार्यकर्ताहरुले पालना गर्न जरुरी देखिन्छ। मधेस प्रदेशमा यस्तो प्रतिकूल परिस्थितिमा नेकपा एमाले दोस्रो स्थानमा आउनु प्रगतिउन्मुख नै भएपनि परिस्थितिलाई आँकलन गरेर नेकपा एमालेले पार्टीभित्र भएको अन्तर्घात र विश्वासघात हुन नदिन नजर कडा गरेर निगरानीमा राख्नुपर्छ । पार्टीमा प्रवेसको लहरले उत्साह बढाउनु स्वभाविक भएपनि अरु दलबाट आउने हेभिवेट कुवेरपतिहरुलाई स्थानीय नेता र कार्यकर्ताबीच पनि समझदारी गराउन चुक्नु हुँदैन । विगतमा एमालेको गला रेट्नेहरु,पञ्चायतकालमा प्रतिकार समितिका अध्यक्ष समेत भएकाहरु पार्टी प्रवेश गर्दा स्थानीय नेता कार्यकर्तामा पर्न सक्ने असरबारे पनि सोच्नैपर्छ । 

मधेस प्रदेसमा सिरहा जिल्ला एमालेको किल्ला साबित भएकोछ स्थानीय चुनावमा । यस अर्थमा पोलिट्ब्यूरो सदस्य सह इन्चार्ज लिलानाथ श्रेष्ठ,जिल्ला इन्चार्ज गंगा प्रसाद यादव,जिल्ला अध्यक्ष चन्देश्वर मण्डल , जिल्लामा रहेका केन्द्रीय सदस्यहरु विभिन्न तह तप्काका नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । मंसिर ४ गते हुने निर्वाचनमा सिरहा -१ मा २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदबार हुनु भएको गङ्गा प्रसाद यादव २३ सय मतले मात्रै पराजित हुनुभयो । पराजितको कारण दारु भारुको चाप करोडौ खर्च गरेका नेपाली काँग्रेसको चुनावी रणनीतिलाई बुझ्न नसक्दा प्रतिकार गर्न नसक्दा हार ब्यहोर्नु परेको थियो । यस पटक नेता कार्यकर्ताले सबै शक्ति झोकेर गङ्गा प्रसाद यादव र राम शङकर यादव मध्ये एक जनालाई उम्मेदबार बनाउन सके निर्वाचन जित्ने प्रवल संभावना छ । मुनि साह मेयरको प्रत्यासी भैसकेकोले उहाँ उम्मेदबार बन्न सक्नु हुन्न । लगनलाल चौधरी ८० वर्ष काटिसकेकोले उम्मेदबार हुन इच्छा देखाई रहनु भएको छैन । सिरहा - २मा एमालेको मत सन्तोषजनक रहेपनि उम्मेदबार को हुने चर्चा नै सुनिदैन । अरु पार्टीबाट एमाले प्रवेश गर्न हेभिवेट उम्मेदबार आउनै लागेको चर्चा छ । सिरहा ३ मा वर्तमान सांसद लिलानाथ श्रेष्ठ सुरक्षित भन्दा मजबुत अवस्थामा हुनुहुन्छ । ४ नम्बरमा एमालेको पक्षमा स्थानीय तहमा आएको निर्वाचनको मत हेर्दा जित्ने आधार छ । यस क्षेत्रमा पनि हेभिवेट उम्मेदबार पार्टीमा भित्रिने राजनीति मौषमले संकेत गरि सकेको छ । समग्रमा यसरी हेर्दा सिरहाको चारै र आठवटै प्रदेशसभामा एमाले बलियो छ । केवल पार्टीका नेता कार्यकर्ताहरुमा आपसी विश्वासको माहोल,त्यागको भावना र पार्टीप्रति समर्पित हुन जरुरी छ । हाइकमाण्डले निर्देशन त जारी गर्नु स्वभाविकै भएपनि जमीनमा खटिरहेका जमुनी कार्यकर्ताको पनि भावना बुझ्न जरुरी छ । 

 

 

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A