दस हजार नेता कार्यकर्तालाई भित्रयाउन केपी ओली सिरहा आउनुहुँदै

  • भदौ ३०, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान भदौ ३० गते ।

नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गरी दस हजार बिभिन्न तहका नेता कार्यकर्ता भित्रयाउन ३१ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भदौ ३१ गते गोलबजार नगरपालिका -८ श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नेकपा एमाले सिरहाले जनाएको छ । 

 बुधवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो ।

सिरहाका १७ वटै पालिकाहरुबाट पचास हजार जनता उतार्ने,बिभिन्न पार्टीबाट सात हजार प्रवेश गर्ने नेता कार्यकर्ताहरुको सुची तयार भैसकेको अध्यक्ष मण्डलले भन्दै प्रवेश गर्नेहरुको संख्या बढेर दस हजार पुग्ने दाबी गर्नुभयो । 

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज लिलानाथ श्रेष्ठ्ले मधेस प्रदेशको साठी प्रतिशत सिट संघ र प्रदेशमा नेकपा एमाले जित्ने दाबी गर्नुभयो । 

नेता श्रेष्ठले भन्नुभयो,'राष्ट्रवादी र राष्ट्रघाती कितामा मुलुक बिभाजित छ । एमाले राष्ट्रवादी किताको नेतृृत्व गरेकोछ भने पाँच दलीय गठबन्धन राष्ट्रघाती कितामा उभिएको छ ।जनताले राष्ट्रवादी र समृद्धिको पक्षधर नेकपा एमालेलाई जिताउन मुड बनाइ सकेकोले देशैभरी प्रवेशको लहर जारी छ ।'

नव प्रवेशीहरुलाई पार्टीमा उचित व्यवस्थापन गर्न पार्टीले बिधि तय गरिसकेकोले योग्यता क्षमता अनुसार जिम्मेबारी दिइने नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गङ्गा प्रसाद यादवले प्रष्टयाउनुभयो । 

पत्रकार समेलनमा सल्लाहकार कमिटिका केन्द्रीय सदस्य धर्मनाथ यादव, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्रराज पोखरेल,प्रदेश कमिटि सदस्य आशा यादव,जिल्ला कमिटि उपाध्यक्ष तथा सिरहा नगरपालिका प्रमुख नबिन कुमार यादव सचिव तथा भगवानपुर गापा अध्यक्ष उग्र नारायण यादव ,जिल्ला सहसचिव तथा गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A