सिरहा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा

  • कार्तिक २४, २०७९
  • समृद्धिपथ
alt

लहान । सिरहा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार रामशंकर यादव र (ख) का जसपा उम्मेदवार राजकुमार गुप्ता (राजु)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना लहान नगरपालिकामा मतदातासमक्ष पुगेका थिए ।

उम्मेदवार यादव र गुप्ताले लहान नगरपालिकाको वडा नम्बर २० र २१ को ब्रम्हान गोर्छारी, माधोपुर, लतीयाही, पटना, भगवानपुरलगायतका टोलहरुमा मतदाता भेटघाट गरेका थिए ।

उम्मेदवार यादवले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गर्नु भएको छ । उहाँले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको जनगुनासो जताततै मतदाताहरुले सुनाइरहेको बताउनु भयो ।

‘सिरहा १ नम्बर क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ यादवले भन्नुभयो, ‘अब हामी निर्वाचित भएपछि उनीहरु नै लज्जित हुने गरी काम गर्नेछौं ।’

photo_2022-11-10_13-27-06 (2)

निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियो देखिएको छ । यो क्षेत्रमा लहान नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र भगवानपुर गाउँपालिका पर्छन् । चारवटै पालिकामा एमाले र जसपाका उम्मेदवारहरुको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रदिप गिरी जितेका थिए । यस पटक सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरी उम्मेदवार बनेका छन् भने प्रदेशसभा सदस्य निर्वाचनका लागि (क) बाट सुनिल महतो र (ख) बाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार अशोक यादव रहेका छन् । सत्ता गठबन्धनका उम्मेदवारहरु पनि घरदैलो कार्यक्रमलाई व्यापक रुपमा निरन्तरता दिदै आएका छन् ।

त्यस्तै एमाले-जसपा गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि (क) बाट राजेन्द्र प्रसाद चौधरी उम्मेदवार बनेका छन् । उम्मेदवार चौधरीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गर्नु भएको छ ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A