सिरहा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा

  • कार्तिक २४, २०७९
  • समृद्धिपथ
alt

लहान । सिरहा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार रामशंकर यादव र (ख) का जसपा उम्मेदवार राजकुमार गुप्ता (राजु)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना लहान नगरपालिकामा मतदातासमक्ष पुगेका थिए ।

उम्मेदवार यादव र गुप्ताले लहान नगरपालिकाको वडा नम्बर २० र २१ को ब्रम्हान गोर्छारी, माधोपुर, लतीयाही, पटना, भगवानपुरलगायतका टोलहरुमा मतदाता भेटघाट गरेका थिए ।

उम्मेदवार यादवले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गर्नु भएको छ । उहाँले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको जनगुनासो जताततै मतदाताहरुले सुनाइरहेको बताउनु भयो ।

‘सिरहा १ नम्बर क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ यादवले भन्नुभयो, ‘अब हामी निर्वाचित भएपछि उनीहरु नै लज्जित हुने गरी काम गर्नेछौं ।’

photo_2022-11-10_13-27-06 (2)

निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियो देखिएको छ । यो क्षेत्रमा लहान नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र भगवानपुर गाउँपालिका पर्छन् । चारवटै पालिकामा एमाले र जसपाका उम्मेदवारहरुको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रदिप गिरी जितेका थिए । यस पटक सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरी उम्मेदवार बनेका छन् भने प्रदेशसभा सदस्य निर्वाचनका लागि (क) बाट सुनिल महतो र (ख) बाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार अशोक यादव रहेका छन् । सत्ता गठबन्धनका उम्मेदवारहरु पनि घरदैलो कार्यक्रमलाई व्यापक रुपमा निरन्तरता दिदै आएका छन् ।

त्यस्तै एमाले-जसपा गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि (क) बाट राजेन्द्र प्रसाद चौधरी उम्मेदवार बनेका छन् । उम्मेदवार चौधरीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गर्नु भएको छ ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A