सिरहा, मंसिर ८ । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् ।
यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहाह १ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पद्म नारायण चौधरीले २७ हजार ३७९ मत मात्र पाउनु भएको छ । यादवले पाउनु भएको मत चौधरीले पाउनु भएको मत भन्दा २ हजार ८३ बढी हो ।
यस्तै जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A