लहान, मंसिर ९ गते । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।
विहिबार राती सम्पन्न मतगणना परिणामअनुसार गुप्ताले नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई पाराजित गरेका हुन् । गुप्ताले ३ हजार ६ मतान्तरले निर्वाचित भएका छन् । उनले १६ हजार २ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अशोक कुमार यादवले १३ हजार २ सय ३३ मत पाए ।
सिरहा १ मा प्रतिनिधिसभातर्फ एमालेका रामशंकर यादव र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर (२) बाट एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भैसकेका छन् ।
यो परिणामसँगै सिरहाका कूल ८ वटा प्रदेशसभा मध्ये ६ वटाको मतगणना सकिएको छ । जस अनुसार नेकपा एमाले दुई, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लोसपा एक-एक स्थानमा निर्वाचित भएका छन् ।
सिरहामा अब प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ र ३ को गणनाको अन्तिम परिणाममात्र आउन बाँकी छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A