सिरहा १ को (२) मा जनता समाजवादी पार्टीका गुप्ता निर्वाचित

  • मंसिर ९, २०७९
  • समृद्धिपथ
alt

लहान, मंसिर ९ गते । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।

विहिबार राती सम्पन्न मतगणना परिणामअनुसार गुप्ताले नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई पाराजित गरेका हुन् । गुप्ताले ३ हजार ६ मतान्तरले निर्वाचित भएका छन् । उनले १६ हजार २ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अशोक कुमार यादवले १३ हजार २ सय ३३ मत पाए ।

सिरहा १ मा प्रतिनिधिसभातर्फ एमालेका रामशंकर यादव र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर (२) बाट एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भैसकेका छन् ।

316965518_166490366022787_4278295681756105351_n

यो परिणामसँगै सिरहाका कूल ८ वटा प्रदेशसभा मध्ये ६ वटाको मतगणना सकिएको छ । जस अनुसार नेकपा एमाले दुई, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लोसपा एक-एक स्थानमा निर्वाचित भएका छन् ।

सिरहामा अब प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ र ३ को गणनाको अन्तिम परिणाममात्र आउन बाँकी छ ।

316691293_6441727915859901_1235427502750088276_n

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A