सिरहा-३ मा पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठ निर्वाचित

  • मंसिर ९, २०७९
  • समृद्धिपथ
alt

सिरहा, मंसिर ९ गते । सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर-३ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्ज एवं पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विश्वनाथ साहलाई १ हजार १ सय ८२ मतले पराजित गरेका हुन् । श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी साहले २६ हजार ८ सय ८२ मत पाएका छन् ।

साहपछि क्षेत्र नम्बर ३ मा जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादव तेस्रो स्थानमा छन् । उनले ११ हजार १ सय ४६ मत पाएका छन् ।

316661429_510928534326810_1579762996802578873_n

श्रेष्ठ यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीको विश्वासिलो पात्र मानिने श्रेष्ठले निर्वाचित भएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा श्रेष्ठसँग २१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । सिरहामा अब प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ को गणनाको अन्तिम परिणाममात्र आउन बाँकी रहेको छ ।

316412556_3360747734184953_6079533337667486383_n 316836819_821669029098876_8014602781921640651_n

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A