सिरहाका चारै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन पराजीत, एमाले-जसपा गठबन्धन विजयी

  • मंसिर १०, २०७९
  • समृद्धिपथ
alt

सिरहा, मंसिर १० । सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन ।

सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ भने ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा मिश्रित परिणाम

प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारुले विजयी हुनुभएको छ भने प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजयी हुनुभयो ।

क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब र निर्वाचन क्षेत्र नं २ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजयी हुनुभएको छ ।

सिरहा ३ ‘क’ मा एमालेका मनोज सिंह विजयी भए भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादबले निर्वाचित हुनुभएको छ ।

सिरहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह र ‘ख’मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव निर्वाचित हुनुभएको छ ।

सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाउनु भयो । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A