एकीकृत समाजवादीले छान्यो ९ समानुपातिक प्रदेश सांसद

  • मंसिर २४, २०७९
  • समृद्धिपथ
alt

मंसिर २४ , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले नौ जना प्रदेश सांसदको नाम छनोट गरेको हो।

सो पार्टीका तर्फबाट प्रदेश १ मा विद्या चाम्लिङ राई प्रदेश सभा सदस्य चयन भएकी छन्।

मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम छनोट गरिएको छ।

त्यस्तै, बागमतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ चयन भएका छन्।

लुम्बिनीबाट भगवती अधिकारी, कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम चयन भएको सो पार्टीका महासचिव बेदुराम भुसालले जनाएका छन्।

बैठकले चुनावको समीक्षा प्रतिवेदन पुस ५ गतेभित्र पठाउन पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ। 

प्रतिनिधि सभाको चुनावमा भने ३ प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेपछि सो पार्टीले समानुपातिकतर्फ सांसद पाएन। 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A