नेसपाले उमरावती यादवलाई बनायो समानुपातिक सांसद, प्रदेशमा राजु नेपाली

  • मंसिर २४, २०७९
  • समृद्धिपथ
alt

मंसिर २४ , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ। त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। 

नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो। त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ।

दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सो पार्टीले चुनावी समीक्षा पनि भएको जनाएको छ। साथै, पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ।

नेसपाबाट सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् भने प्रदेश सभामा सिन्धुली र गोरखाबाट गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन्।

-नेपालखबर

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A