नेसपाले उमरावती यादवलाई बनायो समानुपातिक सांसद, प्रदेशमा राजु नेपाली

  • मंसिर २४, २०७९
  • समृद्धिपथ
alt

मंसिर २४ , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ। त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। 

नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो। त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ।

दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सो पार्टीले चुनावी समीक्षा पनि भएको जनाएको छ। साथै, पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ।

नेसपाबाट सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् भने प्रदेश सभामा सिन्धुली र गोरखाबाट गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन्।

-नेपालखबर

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A