धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

  • मंसिर २९, २०७९
  • समृद्धिपथ
alt

लहान । जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका -१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका-१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो।

pic mirchiya.2

लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुमार प्रेम सम्बन्धमा थिए। तीन बच्चाकी आमा रहेकी लक्ष्मिनीया ९ महिनादेखि राजकुमारसँग प्रेम सम्बन्धमा थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीका अनुसार महिलाको श्रीमान् आउने भएपछि दुई / तीन महिनादेखि दुबैजनाको सम्बन्धमा खटपट सुरु भएको थियो।

महिलाले श्रीमान् आउने भएपछि अब सम्बन्धमा नबस्ने भनेपछि दुबै जनाबीच विवाद सुरु हुँदा करिब डेढ महिनाअघि महिलाले केटाहरुलाई बोलाएर राजकुमारलाई कुटाएकी थिइन्।

कुटिएका राजकुमारको रिस बढ्दै जाँदा उनले हत्याको प्लान बनाउँदै गएका थिए। सोही क्रममा मंगलबार महिला घाँस काट्न जंगल गएको देखेर घरबाट साथीसँग खुकुरी लिएर जंगलमा गई महिलाको हत्या गरेको खुलेको प्रवक्ता बुढाथोकीले बताए।

लक्ष्मीनियाँकी श्रीमान दिपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन्। घटनाको जानकारी पाएलगतै उनी नेपाल फर्कदै गरेको दिपेन्द्रको बुवा रामदेवले जानकारी दिए। उनीहरुको १० वर्षका दिपेश, ७ वर्षका रुकेश र ३ वर्षका रिपेशगरी तीनजना छोरा छन्।

महिलाको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको तालिम प्राप्त कुकुरसहितको टोलीको सहयोगमा वारदातमा प्रयोग भएको खुकुरीसहित दुबै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहामा कर्तव्य ज्यानमुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

हत्यारा पक्राउ गर्न दवाव दिदै मंगलबार स्थानीय बासीले सडकमा टायर बालेर सडक अवरुद्ध समेत गरेका थिए ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A