विश्वकप फुटबलको फाइनल खेल आज हुँदै, अर्जेन्टिना र फ्रान्स भिड्दै

  • पुष ३, २०७९
  • समृद्धिपथ
alt

पुस ३ , काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोली आमनेसाने हुँदा दुवै तेस्रो उपाधिको खोजीमा हुनेछन्। 

यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २-० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो। 

अर्जेन्टिनालाई क्रोएसियालाई ३-० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ। 

१९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेको थियो। 

अर्जेन्टिनाले १९७८ मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई हराउँदै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। 

१९९० र २०१४ मा अर्जेन्टिना जर्मनीसँग फाइनलमा हारेको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। योसँगै अर्जेन्टिना छैटौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो।

फ्रान्स भने यसअघि फाइनलमा एकपटक मात्रै हारेको छ। २००६ मा इटलीसँग हारेको थियो। यो उसको चौथो फाइनल हो। 

विश्वकप फुटबलमा यी दुई टोली तेस्रोपटक भेट भएका हुन्। पहिलोपटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २-१ ले हराएको थियो। 

गएको विश्वकपमा यी दुई टोलीबीच अन्तिम १६ मा भेट भएको थियो। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो। 

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक-एक खेलमा हारेका छन्। समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग हारेको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग हारेको थियो। 

अन्तिम १६ मा फ्रान्सले पोल्यान्डलाई र अर्जेन्टिनाले अस्ट्रेलियालाई हराएका थिए। क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई हराएको थियो। अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराएको थियो। 

सेमिफाइनलमा भने दुवै टोलीले एउटै समूहबाट आएका राष्ट्रलाई हराएका हुन्। समूह एफमा रहेका मोरक्को र क्रोएसियाले समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए। 

जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदारसमेत छन्। अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन्। 

मेस्सी र एम्बाप्पे व्यावसायिक फुटबल भने एउटै क्लब पीएसजीबाट खेल्छन्।

रोकिएन बिद्यालयमा या ...

दुर्गा परियार, सिरहा । बाबू स्कुल जाउ नत्र सरलाई भनी ...

लहान ९ मा दुई दिने थ ...

फिरोज सिद्दिकी, लहान । थारु कला संस्कृतिको संरक्षण गर् ...

लहानमा प्रथम थारू मा ...

लहान । सिरहाको लहान ९ गोठ टोलमा माघी पर्वको अवसरमा प्रथ ...

मधेस प्रदेशको मुख्यम ...

पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A