सत्ता समीकरणका लागि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाबीच बालकोटमा वार्ता जारी

  • पुस १०, २०७९
  • समृद्धिपथ
alt

पुस १० , काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्। 

२०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेका हुन्।

यसअघि यी दुई नेताबीच यसअघि बुधबार र बिहीबार राष्ट्रपतिको कार्यालय र संसद भवनमा केही बेर कुराकानी भएको थियो।

राष्ट्रपतिको कार्यालयमा खुलेको संवादको ढोका अब सत्ता सहकार्य नै अगाडि बढाउने गरी यी दुई नेताबीच बालकोटमा संवाद हुन लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A