मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

  • पुस २७, २०७९
  • समृद्धिपथ
alt

पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 

जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्।

उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए। 

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो। 

यसका साथै स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहकोसमेत यादवलाइ समर्थन छ।

सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेशसभा सदस्यहरुको समर्थन छ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ। 

मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी भइसकेको छ। 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A