नेकपा एमाले लहान नगर कमिटिको कार्यालय उद्घाटन

  • माघ २५, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लहान नगर कमिटिको कार्यालय बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा नेकपा एमाले सिरहा १(क) बाट निर्वाचित प्रदेश सभासदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासदस्य चौधरीले मधेश प्रदेशको नगरहरुमा व्यवस्थित पार्टी कार्यालय नरहेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा लहान नगर कमिटिको पार्टी कार्यालय आफ्नै जग्गामा भव्य भवन निर्माण गरिने प्रतिवद्धता जाहेर गर्नु भयो ।

यस क्षेत्रको विकास आफ्नो प्रमुख उद्देश्य रहेको बताउदै प्रदेश सभासदस्य चौधरीले आगामी दिनमा गरिने विकास निर्माण र योजनाहरु यस क्षेत्रका जनाताहरुको सल्लाह सुझावअनुसार गरिने बताउनु भयो ।

photo_2023-02-08_18-22-02

अतिथिका रुपमा नेकपा एमाले केन्द्रिय सल्लाहकार मागैन कामैतले राष्ट्र निर्माणका लागि नेकपा एमालेले लिएको एजेन्डा कार्यान्वयन भए मात्र मुलुक समृद्ध हुने बताउनु भयो । नेकपा एमालेले अगाडि सारेका समृद्धिका योजना अनुसार अगाडि बढ्न सकेमा मात्र देशमा रहेका समस्या समाधान हुने र देश विकास र समृद्धि तर्फ अगाडि बढ्ने बताउनु भयो ।

उहाँले लहान नगरपालिकामा पूर्व मेयर मुनि साहले गरेका विकास निर्माणका कामहरुको प्रसंसा गर्दै वर्तमान मेयरले गरेको कामले नगरलाई ध्वस्त पार्ने जिकिर गर्नु भयो ।

त्यस्तै नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा लहान नगरपालिकाका पूर्व मेयर मुनि साहले नेकपा एमाले ‘हाम्रो लहान समृद्ध लहान’को लक्ष्य लिएर अघि बढिरहेको अवस्थामा नगरको विकासका लागि राम्रो काममा सहयोग तथा नराम्रो काममा विरोध गर्नु पर्ने अवस्था आएको बताउनु भयो ।

लहान नगरपालिकाले भएको विकास रोक्ने, नगरवासीलाई दुःख दिने खालको गतिविधि रोकेन भने अब प्रतिवादमा उत्रनुको विकल्प नरहेको समेत बताउनु भयो । उहाँले हामीसंग धेरै चुनौतीहरु रहेकोले सबै कार्यकर्ता पार्टी प्रति समर्पित भएर अगाडी बढनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य प्रदिप चौधरी, नेकपा एमाले सिरहा जिल्ला सचिवालय सदस्य तथा लहान नगर इन्चार्ज राजेन्द्र प्रसाद साहलगायतले मन्तव्य राख्दै नगर कमिटिलाइ सुदृढ बनाउदै पार्टीका हरेक गतिविधिमा नेता कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

नेकपा एमाले लहान नगर कमिटिको कार्यालय लहान ३ मा स्थापना गरिएको र कार्यालयबाट पार्टीका हरेक गतिविधि र कामहरु सञ्चालन गरिने नगर कमिटि अध्यक्ष साहले बतानु भयो ।

नेकपा एमाले लहान नगर कमिटिका उपाध्यक्ष पविना सिंहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नगर कमिटि उपसचिव विरेन्द्र चौधरीले गर्नु भएको थियो ।

photo_2023-02-08_18-21-50 photo_2023-02-08_18-21-51 photo_2023-02-08_18-21-55 photo_2023-02-08_18-21-52 photo_2023-02-08_18-21-54

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A