जनयुद्धका शहिदहरुको सपना साकार गर्न पार्टीमा आन्तरिक एकता आवश्यक

  • फाल्गुन १, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन २८ गते । 

नेकपा माओवादी लहान नगर कमिटिले आयोजना गरेको २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुले जनयुद्धको मान्यता र शहिदको सपना साकार गर्न लागि पर्ने प्रण गरेका छन् । 

   सम्बोधनको क्रममा केन्द्रिय सल्लाहकार कमिटिका सदस्य खडग नारायण चौधरीले पार्टीमा भित्रिएको गैर क्रान्तिकरी चरित्र र अपराधी प्रवृति हटाउन संगठनले शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । 

विपत्त व्यवस्थापन समितिको के स सुरेन्द्र साले  पार्टीभित्र देखिएको गुटफुटको विकृति हटाएर एकतावद्ध भएर लागे  मात्रै शहिदको सपना साकार हुने तर्क गर्नुभयो 

वासियल नेपाल सिरहाका जिल्ला अध्यक्ष विवेक परियारले सामाजिक विकृति र भ्रष्टाचार गतिविधि रोक्न युवाहरुको संगठन बनाएर महान जनयुद्धका शहिदहरुको सपना साकार गर्न लाग्नुपर्ने बताउनुभयो ।

नेकपा जिल्ला कमिटि सदस्य देव नारायण महतोले लहान नगर कमिटिको केहि कमरेडहरु पार्टीको मूल नीति बाहिर रहेर पार्टीमा उर्जा नआउने धारणा राख्नुभयो । 

लहान नगरपालिकामा माओवादी पार्टीलाई जनताको हीतमा समर्पित भएर लाग्न एकतावद्ध गर्न अहिलेसम्म नरम रुख अपनाएको नगर अध्यक्ष हेमन्त कुमार यादवले भन्दै पार्टीलाई कमजोर गर्नेहरुलाई अब छुट नहुने धारणा राख्नुभयो । 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A