नेकपा एमाले लहानले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र : माग पुरा नभए शशक्त कदम चाल्ने चेतावनी

  • फाल्गुन ५, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकामा बढ्दै गएको बेथितिविरुद्ध नेकपा एमाले लहानले नगरपालिकालाई ज्ञापन-पत्र बुझाएको छ ।

नगरमा बढ्दै गएको अनियमितता, आर्थिक घोटला एवम् सत्तासिन दलका गैरसम्बैधानिक गतिविधका बिरुद्धमा नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले नगर प्रमुख महेश प्रसाद चौधरीलाई शुक्रबार ज्ञापन-पत्र बुझाएको हो ।

विविध क्षेत्रका समेटेर ५२ बुंदे माग सहित बुझाएको ज्ञापन-पत्रमा नगरपालिकामा समानताको आधारमा पूर्ति गर्ने भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साधेर नजिकका कार्यकता एवम् आसेपासेहरुलाई पोस्ने काम गरेको आरोप लगाइएको छ ।

photo_2023-02-17_16-31-33

विकास तथा सेवा सुविधामुलक कार्यक्रमहरु प्रभावकारी ढंगले सुरु नभएकोले नगरवासीमा वितृष्णा उत्पन्नभएको छ । हाम्रो लहान समृद्ध लहानको लक्ष्य पुरा गर्न संचालनमा रहेको योजनाहरु रोकिराखेकोले लहानको समृद्धि र नगरवासीले पाउने सुविधाबाट बञ्चीत गराएको नगरप्रमुखको आफ्नो दायित्वबाट विमुख भएको प्रति ध्यानाकर्षण भएको ज्ञापन-पत्रमा उल्लेख गरेको छ ।

संचालनमा रहेका विकास निर्माणका योजनाहरु नगरसभामा निणर्य नगराई स्वेच्छाचारी हिसावले काम रोक्का गरेको तथा गरेको कार्यहरुको भुक्तानीमा आलटाल गरिरहेको, बिना कार्य मुल्यांकन नगरी कार्यरत अनुभवी कर्मचारीहरुलाई आर्थिक कारण देखाई हटाईएको तर हटाइएको भन्दा बढी मान्छेलाई भर्ना लिएको देखिन्छ । त्यसैले आर्थिक कारण नभई प्रतिसोधको भावना भएको प्रति समेत ध्यानाकर्षण भएको छ ज्ञापन-पत्रमा उल्लेख छ ।

त्यस्तै लहान १ स्थित रहेको सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्सको नाम परिवर्तन, जग्गा वर्गीकरणको काम रोक्का लगायत पूर्वाधार तर्फ पुरानो योजनाहरु, शहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरु, सेवा तर्फ अविलम्ब गर्नु पर्ने कार्य, कृषि, राहत कार्यक्रम, आर्थिक कार्यक्रम र शिक्षा कार्यक्रम तर्फको गरी विविध क्षेत्रका समेटेर ५२ वुंदे माग ज्ञापन-पत्रमा गरिएको छ ।

नेकपा एमाले हाम्रो लहान समृद्ध लहानको लक्ष्य प्राप्तीको लागि सहयोग गर्न नगरवासी प्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै नगरको विकास र सेवा प्रतिकुलहुने क्रियाकलाप प्रति नगरपालिका प्रमुखलाई सचेत गराइएको छ । माग गरिएका विषयहरु पुनः संचालनमा नआए र नियमित नभए नगरवासीले गर्ने आन्दोलनमा नगरकमिटको पनि समर्थन रहने चेतावनी ज्ञापनपत्रद्वारा दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख चौधरीले जनताको काममा आफुहरुले सहजता दिलाउने प्रयत्य गरिरहेको भन्दै मागहरुको विषयमा क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । चौधरीले कतिपय कामहरु भैरहेको र कतिपय माग पत्रमा आएका विषय सुझावका रुपमा लिएर अघि बढ्ने बताउनु भयो ।

photo_2023-02-17_16-31-33 (2) photo_2023-02-17_16-52-39 photo_2023-02-17_16-52-40 photo_2023-02-17_16-52-42

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A