राष्ट्रपति निर्वाचन : एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

  • फागुन १३, २०७९
  • समृद्धिपथ
alt

फागुन १३ , काठमाडौँ । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रसले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो भने कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो।

नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकणर्राज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।

नेकपा एमालेको शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो।

गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन्। एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निणर्य पनि गराएको छ।

सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वर पुगेका थिए।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पौडेलले गराएको उम्मेदवारी दर्तामा प्रस्तावक शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र मो. अब्दुल खान छन्। समर्थकमा महन्थ ठाकुर, पूणर्बहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो ।

यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको थियो।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A