साइकलमा सवार,जनताको लागि सधै तयार रहने भोजे मियाँ

  • चैत ६, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत ६ गते । 

एक दुई पटक गाउँपालिका अध्यक्ष भएकाहरुको जीवन शैली नै फेरिने गर्छ । तर,दुई पटक भदैया गाउँपालिका को अध्यक्ष हुनु भएको हाल लहान -१८ का ६८ वर्षिय मो आसिन (भोजे) मियाँको जीवनमा कुनै उतार चढाव आएको छैन् । उहि गति उहि मतिमा जनताको समस्या लिएर विहानदेखि बेलुकासम्म लागि रहनुहुन्छ। साइकलको सवारी नै रुचाउनु हुने उहाँको शैली बोलीले वडावासीहरु नेताभन्दा वडाको अभिभावक भनेर इज्जत कदर गरिरहेको छ । 

२०४३ सालमा उपप्रधान पञ्च हुनु भएको भोजे २०४८ सालदेखि निरन्तर नेपाली काँग्रेसको झण्डा बोक्दै आइरहनु भएको छ । २०४९ र २०५४ दुबै चुनावमा भदैया गाउँपालिका अध्यक्ष चुनिनु भएको थियो । २०७४ सालको निर्वाचनमा लहान नगरपालिकाको वडा नम्बर -१८ भयो । वडाध्यक्षमा नेकपा एमालेको मो शम्शेरसँग ५६ पराजित भएपनि जनताको साथ छोडनु भएको छैन् । उमेरले ६८ लागि सक्नु भएको भोजे मियाँ भन्नुहुन्छ,'अहिले सम्म नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाए । एक पटक महाधिवेशन प्रतिनिधि बन्ने रहर थियो तर अस्वस्थ्य प्रतिस्पर्धामा आफू मरिहते गरेर लागिनँ ।' पदलोलुप राजनीति मलाई मन पर्दैन ।' 

पार्टी फेरेर लाभको पदमा पुग्ने विकृति आफूलाई कहिले पनि मन नपरेको भोजे भन्नुहुन्छ,' हरेक पार्टीमा मौलाइ रहेको विकृतिले नयाँ पुस्ताहरु पुरानो पार्टीबाट टाढिन थालेकोले पार्टीको नीति सिद्दान्त व्यवहारमा लागु गर्न जरुरी छ । पदमा पुगेर रातारात भ्रष्टाचार गरेका नेताहरु जुसुकै पार्टीमा भएपनि कारवाही हुनुपर्नेमा त्यसो नहुनु चिन्ताको विषय हो ।' 

दलित र मुस्लिम समुदायलाई समावेसी नामको मात्रै नगरेर देखिएको विभेदहरु हटाउन तिनै तहको सरकारले जसरी काम गर्नुपर्दथ्यो,त्यसरी नहुँदा मनमा पीडा त हुन्छ तर कहाँ पोख्ने कहाँ राख्ने गुनासो उहाँले पोख्नुभयो । 

शोभापुरको मुस्लिम बस्ती गरीवीको मारमा परेको थियो । जङ्गलको दाउरा बेचेर गुजारा गर्दथ्यो । गाउँमा न मदरसा न विद्यालय केहि थिएन । दुई पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँको युवाहरुलाई वैदेशिक रोजगारमा पठाउन उत्प्रेरित गरेको भोजे मियाँ सुनाउँदै अहिले शोभापुरको विकास र आर्थिक सम्पन्नता हेरेर हृदय जुराइ रहेको उहाँले खुसी व्यक्त गर्नुभयो ।

पिता मोहम्मद मियाँबाट नै इमान र जवानको राजनीति गर्न प्रेरणा मिलेको भोजे मियाँले भन्दै पहिले मुस्लिमहरुलाई भारतीय पाकिस्तानी भनेर नागरिकता दिदैन्थ्यो । राजमिस्त्री,दर्जी र तरकारी खेति गरेर गुजारा गर्ने यस समुदायमा अझै जागरणको खाँचो रहेको अनुभव सुनाउनुभयो । उहाँले थप्नुभयो,'केहि वर्ष आगडि चिया पसलमा मुिस्लमलाई चिया दिदैन्थ्यो । आफ्नै गिलास लिएर चिया खान जानु पर्दथ्यो । तर अचेल यी विभेद र छुवाछुत न्युनिकरण हुँदै गइरहेको छ ।'

चार छोरा ३ छोरीको पिता छोराहरुले वैदेशिक रोजगारमा गएर गरेको कमाइबाट गुजारा गरिरहेको भोजेले बताउनुभयो । छोरा छोरीहरुको प्रगतिभन्दा वडा बासीको समस्यामा समय बढी खर्चेकोले सोचे जति छोराछोरीहरुको प्रगति हुन नसकेको सुनाउनुभयो । 

आफू मुस्लिम समुदायको भएपनि हिन्दु समुदायले गरेको आदर सत्कार मायाले मुस्लिम समुदाय जतिकै हिन्दुहरुको धर्मप्रति पनि त्यतिकै सम्मान रहेको उहाँले बताउनुभयो । लहानमा हिन्दु मुस्लिम धर्मावलम्बीहरुको बीचमा सधैं आपसी भाइचाराको सम्बन्ध राख्न निरन्तर लागि रहेको भोजे मियाँले प्रष्टयाउनुभयो । 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A