सिरहामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी

  • चैत्र १६, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमालेको पार्टी शुद्धिकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियान टोलटोलमा जारी छ । अभियान अन्तर्गत विहिबार सिराहाको लहान वडा नम्बर २१, ५ र ९ मा टोल कमिटी बिस्तार गरिएको छ ।

लहान नगरपालिका वडा नं. ९ को वडा कमिटी बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य सरिता गिर यादवले देश र जनताका लागि लड्ने एकमात्र पार्टी नेकपा एमाले नै भएको बताउनु भएको हो ।

उहाँले टोल कमिटी भनेको पार्टीको पिल्लर भएको बताउँदै पिल्लर बलियो भएमा घर बलियो हुने र त्यो घर सिंगो नेकपा एमाले भएको बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिको समस्या बुझ्ने र नजिक हुने भनेको नै स्थानीय कार्यकर्ता भएको उल्लेख गर्दै अबको नेतृत्व युवाको काँधमा रहेको बताउनुभयो । अब एमालेले प्रत्येक व्यक्तिलाई उत्पादनसँग जोड्ने उदेश्य लिएको बताउँदै मिसन ग्रासरूटबाट पार्टीमा भएका समस्या पत्ता लगाई सोहि आधारमा पार्टीले आवश्यक प्रशिक्षण दिने बताउनुभयो ।

2
विशिष्ठ अतिथिका रुपमा बोल्दै नेकपा एमाले सिरहा क्षेत्र १ बाट निर्वाचित संघिय संसद राम शंकर यादवले नेकपा एमालेलाई बलियो र पहिलो शक्ति बनाउने अभियान ‘मिसन ग्रासरूट’ भएको बताउनु भयो ।

उहाँले विभिन्न षडयन्त्र र घेराबन्दीको बीचमा पनि लोकप्रिय मतमा पहिलो हुनु नेकपा एमालेले राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्विका लागि लिएको अडान र भूमिकालाई नेपाली जनताले अनुमोदन गरेको बताउनु भयो ।

नेता यादवले पार्टी नेता र कार्यकर्तामा सिद्वान्त र व्यवहारमा एकरूपता ल्याउने र एकढिक्का भएर क्रियाशील हुन, पार्टीलाई बलियो र पहिलो शक्ति बनाउन मिसन ग्रासरूट सञ्चालन गरिएको समेत बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले बाटोघाटो र विद्युत पोललगायतका समस्या भएकोले छिट्टै नै यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

वडा कमिटि अध्यक्ष मो. नियामुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय गिता चौधरी र प्रदिप कुमार चौधरी, नेकपा एमाले सिरहा जिल्ला कमिटि सचिवालय सदस्य इन्द्र नारायण चौधरी, नेपाल बुद्धिजिवी परिषदको केन्द्रिय सदस्य तथा लहान ९ का वडा सदस्य राजकुमार मल्ल, नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

3

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A