मिसन ग्रासरुट : सिरहाका विभिन्न वडामा भेला तथा प्रशिक्षण

  • चैत १७, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत शुक्रबार जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ ।

सोही क्रममा लहान नगरपालिका वडा नम्बर २ मा पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि नरेन्द्रराज पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार समिति सदस्य पोखरेलले मिसन ग्रासरुटको उद्देश्य, पार्टीको अपेक्षा र कार्यकर्ताले गर्नुपर्ने काम लगायत पार्टी सुदृढीकरणका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

22

वडा कमिटीका अध्यक्ष दुर्गा नन्द महतोको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पार्टीका जिल्ला कमिटि सदस्य तथा वडा नम्बर २ का इन्चार्ज रियासत लिमि, जिल्ला कमिटि सचिवालय सदस्य तथा लहान नगरपालिका इन्चार्ज राजेन्द्र प्रसाद साह, नगर कमिटि अध्यक्ष राजकुमार साहलगायतका वत्ताहरुले पार्टी सुदृढीकरण तथा विस्तार सम्वन्धी धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण विन्देशवर महतोले गरेका थिए ।

44

यसैगरी लामो समयदेखि एमालेमा आस्था राखेका तर हाल निस्क्रिय बसेका पुराना कार्यकर्ताहरुलाई भेट गरी सम्बोधन गर्ने, ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गर्ने, पार्टी सदस्यता नलिएकाहरुलाई सदस्यता दिने, नयाँ सदस्यहरु बनाउने, नविकरण नगरेकाहरुको गर्न लगाउने जस्ता कार्यहरु मिसन ग्रासरुट अन्तरगतका कामहरु भएको प्रशिक्षणका क्रममा वत्ताहरुले बताएका थिए ।

11

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A