वाचनालयको उद्घाटन दोहोराएर गर्नु पुर्वाग्रहीको प्रकाष्ठा : पुर्व नगरप्रमुख साह

  • चैत १९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत १९ गते । लहान नगरपालिका-७ मा निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटनको लागि तयारी भइरहेको छ । 

२०७८ चैत २१ गते नगरप्रमुख मुनि साहले भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भएको भवनको पुन: चैत २६ गते नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु हुने तयारी भइरहेको लहान-७ को वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो । 

पुरानो भानुभक्त वाचनालय लहानको लागि शिक्षा चेतना र परिवर्तनको लागि महत्पूर्ण भूमिका खेलेकोले यसलाई धार्मिक सांस्कृतिक शैक्षिक जागरणको लागि मैथली भाषाको महाकवि विद्यापतिको नाम समेत जोडेर विद्यापति भानुभक्त वाचनालय निर्माण गरी गत २०७८ चैत २१ मा उद्घाटन गरि सकेको पुर्व नगरप्रमुख मुनि साहले भन्दै पुन: उद्घाटन गर्नु कमजोरी मात्रै होइन,यो सामाजिक अपराधीकरण भएको आरोप लगाउनुभयो । 

FB_IMG_1680353602110

पुर्व नगरप्रमुख साहले भन्नुभयो,' लहान -१ मा निर्माण भएको सलहेस दिनाभद्री कम्पलेक्स भवनको नाम बदलेर सिंग्राही मटियर्वा राख्नु पनि पासवान समुदायको इष्ट देउता सलहेस र मुसहर समुदायको इष्ट देउता दिनाभद्रीप्रति मजाक गरेर लहानको सामाजिक सदभाव समेत खलबलाउन र पहिचान स्वीकार गर्न वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरी स्वीकार गर्न नभएको प्रष्ट भयो ।'

IMG-20230401-WA0001

लहान -७ मा रहेको पुरानो नगरपालिकामा १५ लाख मूल्य बराबरको कावाडी फालामहरु कुनै लिलामी प्रक्रिया पुरा नगरी बिक्री गरेर वडाध्यक्ष राम औतार शर्माले नीतिगत भ्रष्टाचार गरेको लहान -७ का पुर्व वडाध्यक्ष राकेश कुमार गुप्ताले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । 

भ्रष्टाचार गर्दिनँ भ्रष्टाचार गरेको सुन्दिनँ प्रतिवद्धता गर्नु भएको नगरप्रमुख चौधरीले वडा अध्यक्ष शर्मालाई कार्वाही गरेर देखाउनुपर्ने पुर्व वडाध्यक्ष गुप्ताले माग गर्नुभयो ।  

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A