लहानका मेयर महेश प्रसाद चौधरी विरुद्ध प्रदर्शन

  • चैत २४, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहानमा बढदै गएको भ्रष्टाचार र अन्यय अत्याचारको विरुद्धमा नेकपा एमाले लहानले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार लहान ७ स्थित रहेको विद्यापति भानुभक्त बाचनालयको दोहोरो उद्घाटनका क्रममा लहानका मेयर महेश प्रसाद चौधरीले अनैतिक कार्य गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विद्यापति भानुभक्त वाचनालयलाई पुर्व मेयर मुनि साहले २०७८ चैत २१ गतेनै उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटन गरेर ठोलै रकम भ्रष्टाचार गरेको स्थानीयहरुले आरोप लगाएका छन्।

नेकपा एमाले लहान कमिटि इन्चार्ज राजेन्द्र प्रसाद साहले लहान नगरपालिका मेयर चौधरीको जिमदारी होइन यहाँ उसको हैकम नचल्ने चुनौती दिदै मेयरलाई राजनीतिक शक्ति र सिद्धान्तको ज्ञान छ भने प्रतिपक्षसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिनु भयो ।

उहाँले मेयर चौधरीको एक वर्षे कार्यकालमा गरेको भ्रष्टाचार र अनैतिक क्रियाकलापको विरोध गर्दै अब उपरान्त यस्तो गरेमा नगरको जनता चुप लागेन नबस्ने घोषणा गर्नु भयो ।

पूर्व मेयर मुनि साहले आफ्नो पालामा नगरपालिका-१ साबिकको तरकारी बजारमा सलहेश दिनाभर्दी सपिङ कम्प्लेक्स निर्माण, लहान नगरपालिका-७ मा विद्यापति भानुभक्त वाचनालय निर्माण, खुट्टी खोला सिँचाइ नहर निर्माण, लहान बजारमा घन्टाघर निर्माण, नगर विकास सहरी योजना अन्तर्गत पहिलो फेजको काम सम्पन्न र दोस्रो फेजको कार्यको सुरुवात, नगरबस सञ्चालन, विभिन्न पार्कहरुको निर्माण, चक्रपथ निर्माण कार्यको शिलान्यास, लहान बजारमा मल्टिमिडिया सूचना पाटी जडान र किसानलाई विद्युत् महसुलमा सहुलियत दिएको थियो । तर त्यस्ता सामाजिक हितका कार्यलाई वर्तमान मेयर चौधरीले राजनीतिक प्रतिसोध गरेर सामाजिक अपराध गरेको आरोप लगाउनु भयो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A