६ सय मतले अघि लागे उपेन्द्र यादव

  • वैशाख ११, २०८०
  • समृद्धिपथ
alt

बैशाख ११ , काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्।

अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ।

सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए।

तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्।

कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ३०३ मत ल्याएका छन्।

अन्तिममा रहेका प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले १९१ मत ल्याइसकेका छन्।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A