‘अखण्ड भारत’को नक्सामा नेपाली भूभाग समेटिएको प्रति एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको आपत्ति

  • जेठ १७, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको नवनिर्मित संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश गरिएको प्रति आपत्ति जनाएको छ । सिरहाको सखुवानन्कारकट्टी-३ मा नेकपा एमाले जिल्ला कमिटि सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो बताउनु भएको हो ।

भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुलाई पनि समावेश गरिएको सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको बताउनु भयो ।

उहाँले यस विषयमा आजै भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गम्भिरतापूर्वक कुरा उठाउनु पर्ने धारणा राख्दै यसबारे सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग समेत गर्नु भयो ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भू-भागको सम्वन्धमा पनि प्रधानमन्त्री प्रचण्डले भारतसंग कुरा गर्नु पर्ने बताउनु भयो ।

भारतले नेपालको भू-भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रहरुप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति आपत्ति जनाउदै यसबाट दुई देशबीच थप समस्या सिर्जना हुने बताउनु भयो ।

भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

photo_2023-05-31_22-12-10 photo_2023-05-31_22-08-12 (2)

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A