पहिचानको लागि लडिरहेको छु: रेशम थारु

  • असार ७, २०८०
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान,असार ७ गते । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो । 

संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प्रचार गरिरहेको नेता थारुले प्रष्ट्याउनु भयो । 

तीन सयभन्दा बढी गीत रेकर्ड,तेह्रवटा गाइ जात्रा एलबम,पचिसवटा लोकदोहोरी र तीन हजारभन्दा बढी गीतमा संगीत भरेर योगदान गर्दा जातीय भइन तर पहिचानको कुरा गर्दा शाषकहरुले जातीय भन्नु सरासर गलत र दमन गरेको नेता थारुले प्रष्टाउनुभयो । 

आफू बाचुञ्जेल सम्म पहिचानवादी आन्दोलनको लागि लडिरहने नेता थारुले भन्नुभयो,'एमाले काँग्रेस माओवादी जुनसुकै पार्टीमा रहेपनि मत चाहि नागरिक उन्मुक्ति पार्टीलाई दिएर २०८४ मा ठूलो पार्टी बनाउन लागौ । सिंह दरबारमा थारु अनुहार संख्यात्मक रुपमा उपस्थित नभएसम्म अधिकार र पहिचान र अधिकार पाउने छैन ।'

मेरो पत्नी सरकारको सहकारी मन्त्री रहेको बेला सहकारी क्षेत्रमा रहेका महिलाहरुलाई समस्याबाट उकास्न आफू पहल थाल्ने विश्वास दिलाउनुभयो । कार्यक्रम नागरिक उन्मुक्ति पार्टीको जिल्ला संयोजक रामचन्द्र थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विविन्न पार्टीमा लागेका थारु समुदायका नेता कार्यकर्ता समेत उपस्थित भएर रेशम थारु बोलि रहँदा बीच बीचमा ताली बजाएर समर्थन गरिरहेका थिए ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A