पहिचानको लागि लडिरहेको छु: रेशम थारु

  • असार ७, २०८०
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान,असार ७ गते । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो । 

संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प्रचार गरिरहेको नेता थारुले प्रष्ट्याउनु भयो । 

तीन सयभन्दा बढी गीत रेकर्ड,तेह्रवटा गाइ जात्रा एलबम,पचिसवटा लोकदोहोरी र तीन हजारभन्दा बढी गीतमा संगीत भरेर योगदान गर्दा जातीय भइन तर पहिचानको कुरा गर्दा शाषकहरुले जातीय भन्नु सरासर गलत र दमन गरेको नेता थारुले प्रष्टाउनुभयो । 

आफू बाचुञ्जेल सम्म पहिचानवादी आन्दोलनको लागि लडिरहने नेता थारुले भन्नुभयो,'एमाले काँग्रेस माओवादी जुनसुकै पार्टीमा रहेपनि मत चाहि नागरिक उन्मुक्ति पार्टीलाई दिएर २०८४ मा ठूलो पार्टी बनाउन लागौ । सिंह दरबारमा थारु अनुहार संख्यात्मक रुपमा उपस्थित नभएसम्म अधिकार र पहिचान र अधिकार पाउने छैन ।'

मेरो पत्नी सरकारको सहकारी मन्त्री रहेको बेला सहकारी क्षेत्रमा रहेका महिलाहरुलाई समस्याबाट उकास्न आफू पहल थाल्ने विश्वास दिलाउनुभयो । कार्यक्रम नागरिक उन्मुक्ति पार्टीको जिल्ला संयोजक रामचन्द्र थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विविन्न पार्टीमा लागेका थारु समुदायका नेता कार्यकर्ता समेत उपस्थित भएर रेशम थारु बोलि रहँदा बीच बीचमा ताली बजाएर समर्थन गरिरहेका थिए ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A