सुचनाको हक प्रयोग गरी लहान नगरपालिकासंग मागियो कामकाजको विवरण

  • साउन ३, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहान नगरपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना माग गरिएको छ । लहान ७ का पूर्व वडाध्यक्ष राकेश कुमार गुप्ताले लहान नगरपालिकाले एक वर्षमा गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी विभिन्न विषयमा सूचना माग गरेको हो ।

मागिएका सूचनामा २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित नगर सरसफाई शीर्षकको रकम ५० लाखको सम्पूणर् विवरण जसमा दैनिक ज्यालादारीमा खट्ने कर्मचारीहरुको नामसहित भुक्तानी विवरण तथा बाँकी रकमको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरणको माग गरिएको छ ।

यसैगरी, आव २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित लहान वडा नम्बर ७ को सिलिङ्ग रकम रु. ५० लाखको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरण उपलब्ध गराई दिन माग गरिएको छ ।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ७ को उपदफा १ र २ अनुसार जनताको जान्न पाउनु पर्ने हकको सम्वर्धनका लागि सूचना माग गरिएका हो । विगत एक वर्षदेखि लहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको जनगुनासो बढ्दै गएको छ ।

rakesh

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A