विमानस्थलबाट सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू यी हुन्

  • साउन ४, २०८०
  • समृद्धिपथ
alt

काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।
आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ । भन्सार जाँचपास भएर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । ठूलो परिमाणको सुन भन्सारबाट सहजै छुटेको विषयमा पनि जाँचपासमा संलग्न कर्मचारीमाथि अनुसन्धान सुरू भएको भन्सार विभाग स्रोतले बतायो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो । सो घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई आफ्नो मन्त्रालय बोलाएका हुन्।

सुन जोख्न राष्ट्र बैंक पठाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A