जीवछ उदासी
लहान साउन ६ गते ।
नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ ।
लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो ।
वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई सहि दिशामा पार्टीलाई अघि बढ्न दबाब समेत सृजना गर्नुपर्ने बेला भैसकेको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A