सिराहाको अम्बासमा एमाले सचिवालय बैठक सुरु (तस्बिरमा हेर्नुस् )

  • भदौ १३, २०८०
  • समृद्धिपथ
alt

सिराहा । मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो । बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौँ र विराटनगरबाट सिराहा पुगेका थिए ।

uml-sachibalaya-(6)_KFeoq2Xnz6

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेको तयारी छ ।

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । भूमिगत कालमा भएको चौथो महाधिवेशनले भण्डारीलाई महासचिव चयन गरेका कारण पनि सो स्थान एमालेका लागि ऐतिहासिक मानिन्छ । सचिव भट्टराईका अनुसार एमालेको चौथो महाधिवेशनले राज्य व्यवस्था बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।

कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने तयारी छ । उक्त स्थानमा एमालेले मदन भण्डारी नामक एक विद्यालय स्थापना गरेको छ ।

-रातोपाटीबाट

cover-uml_mXrjfPW7Um uml-sachibalaya-(3)_wbSqHWznsY uml-sachibalaya-(5)_AhuB7Q3G4U uml-sachibalaya-(4)_RwT6xbP5Hf uml-sachibalaya-(6)_KFeoq2Xnz6

 uml-sachibalaya-(4)_RwT6xbP5Hf

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A