यामाहाको नयाँ मोडेल बजार पाउनेछ : अध्यक्ष शारडा

  • भदौ २८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ २७ गते ।

उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश शारडाले यमहाको नयाँ मोडेलले बजार पाउने बताउनु भएको छ । 

यामाहाको नयाँ मोडेलको विशेषता बुझेपछि ग्राहकहरुले प्रयोग गर्ने अध।यक्ष शारडाले भन्दै लहानको आर्थिक बिकासमा यामाहा शो रुमले समयानुकूल मोटरसाइकलहरु ल्याइरहेको बताउनुभयो । 

विहिवार लहान-१ संजीव श्रवण शो रुममा नयाँ मोडेलको मोटरसाइकल दशैको अवसरमा बजार ल्याएको मोटरसाइकलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । फ्युएल इन्जेक्शन १४९ सिसि सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड -एस भर्सन ३.० मा एयर कुल्ड ,फोर स्ट्रोक,दुई भल्भ ,एक सिलिण्डर इन्धन इनजेक्शन इन्जि माउन्ट रहेकोले रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न आद्यावधिक गरिएको इन्जिनियर नविन गुप्ताले जानकारी दिनुभयो । उहाँको अनुसार चार लाख चार हजार ९०० मूल्य पर्ने यस मोटरसाइकलमा डुअल डिस्क ब्रेकरर अगाडि एकल च्यानल एबिएसले सुसज्जित रहेको छ । 

नेभी ब्लु,र मेटालिक ग्रे तथा राइडिङगको अनुभव बढाउने रोमाञ्चक अपडेइट रहेको यामाहा शो रुमका संचालक सञ्जिव साहले बताउनुभयो । यामाहाको एफजेडसेरिजले नेपाली बजारमा २००८ देखि आफ्नो बिरासत बनाइरहेको उहाँले भन्दै बजारबाट ग्राहकहरुबाट आउने सुझावहरुलाई ग्रहण गर्दै निरन्तर सुधार गर्दै आइरहेको बताउनुभयो

। 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A