यामाहाको नयाँ मोडेल बजार पाउनेछ : अध्यक्ष शारडा

  • भदौ २८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ २७ गते ।

उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश शारडाले यमहाको नयाँ मोडेलले बजार पाउने बताउनु भएको छ । 

यामाहाको नयाँ मोडेलको विशेषता बुझेपछि ग्राहकहरुले प्रयोग गर्ने अध।यक्ष शारडाले भन्दै लहानको आर्थिक बिकासमा यामाहा शो रुमले समयानुकूल मोटरसाइकलहरु ल्याइरहेको बताउनुभयो । 

विहिवार लहान-१ संजीव श्रवण शो रुममा नयाँ मोडेलको मोटरसाइकल दशैको अवसरमा बजार ल्याएको मोटरसाइकलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । फ्युएल इन्जेक्शन १४९ सिसि सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड -एस भर्सन ३.० मा एयर कुल्ड ,फोर स्ट्रोक,दुई भल्भ ,एक सिलिण्डर इन्धन इनजेक्शन इन्जि माउन्ट रहेकोले रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न आद्यावधिक गरिएको इन्जिनियर नविन गुप्ताले जानकारी दिनुभयो । उहाँको अनुसार चार लाख चार हजार ९०० मूल्य पर्ने यस मोटरसाइकलमा डुअल डिस्क ब्रेकरर अगाडि एकल च्यानल एबिएसले सुसज्जित रहेको छ । 

नेभी ब्लु,र मेटालिक ग्रे तथा राइडिङगको अनुभव बढाउने रोमाञ्चक अपडेइट रहेको यामाहा शो रुमका संचालक सञ्जिव साहले बताउनुभयो । यामाहाको एफजेडसेरिजले नेपाली बजारमा २००८ देखि आफ्नो बिरासत बनाइरहेको उहाँले भन्दै बजारबाट ग्राहकहरुबाट आउने सुझावहरुलाई ग्रहण गर्दै निरन्तर सुधार गर्दै आइरहेको बताउनुभयो

। 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A