आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न माओवादीको अभियान

  • भदौ ३१, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
मिर्चैया, भदौ ३१ गते ।
जनजनमा माओवादी घरघरमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान मिर्चैया नगरपाकिा वडा नम्बर–८ को सम्मेलन सम्पन्न भएको छ । अभियानले आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न चलिरहेको नेकपा माअ‍ेवादी मधेश प्रदेश कमिटिका सदस्य तथा मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले बताउनु भएको छ ।

नेकपा मोओवादी सिरहा जिल्लामा अरुको कारणभन्दा आफ्नै आन्तरिक कारणले कमजोर देखापरेको उहाँले भन्दै पार्टी भित्रको विवादको विषय चिया पसल र सार्वजानिक ठाउँहरुमा बोलेर समाधान नहुने बताउनुभयो । पार्टीभित्रको समस्या समाधान गर्नको लागि पार्टीले तनि महिने अभियान ल्याएको प्रदेश कमिटि सदस्य नेता यादवले प्रष्टयाउनुभयो ।

‘२०७४ को स्थानीय चुनावमा ६ वटा पालिका जितेका माओवादी केन्द्र यसपटक एकवटा पालिकामा सीमित हुनु भनेको आन्तरिक विवाद प्रमुख कारण रहयो । आन्तरिक विवादहरुलाई मिलाएर संगठनमा उर्जा भर्न गुटफुट त्यागेर एकजुट हुन आवश्यक छ,उहाँले प्रष्टयाउनुभयो ।

सिरहाको पश्चिमी क्षेका विगुल फुक्ने क्रान्तिकारी योद्धाहरु पञ्चायतकालदेखि नै बाम आन्दोलनलाई मजबूत बनाएको किल्ला कमजोर हुन नदिन पार्टीको सिद्यान्त विचारलाई व्यवहारमा उतार्न जरुरी रहेको नेता श्रवण कुमार यादवले जोडदिनुभयो । उहाँले थप्नुभयो,‘नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र उपाध्यक्ष तथा गेहमनत्री नारायणकाजी श्रेष्ठकले परिवर्तनका लागि सरकारमा रहेर जनपक्षीय कामको थालनी र भ्रष्टाचार अन्तय गर्ने अभियानलाई तार्किक निष्कर्षमा पुरयाउन माओवादी कमजोर हुनु नदिन अभियानलाई सफल बनाउन आवश्यक छ ।’

maobadi news.photo 2

नेकपाका स्थानीय नेता तथा मिचैया नगरपालिका वडा नम्बर –८ का वडाध्यक्ष विरेश्वर यादवले माओवादी कमजोर भयो भने परिवर्तनको एजेन्डाहरु कमजोर हुने बताउनुभयो । माओवादीलाई जमीनबाट उठाउन तितर वितर भएर रहेका माओवादी नेता कार्यकर्ताहरु संगठित हुन आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

मधेश प्रदेशमा माओवादी पार्टी किन कमजोर भयो ? कमजोरी पता लगाएर फेरि नयाँ शिराबाट संगठित हुन अभियान आएको विरेश्वर यादवले भन्दै गलती कमजोरी सच्चयाएर पुर्न जागृत हुन अभियानमा सबै केन्द्रिय सदस्यहरु प्रदेश कमिटिका नेताहरु जिल्ला कमिटिका नेताहरु सबै जनवर्गीय जन संगठनहरु गठन गर्न र त्यसलाई परिचालन गरी सडक र सदनमा माओवादीको एजेन्डा लागु गर्न माओवादलाई शक्तिशाली बनाउनपनि अभियान आएको स्पष्ट नेता विरेश्वर यादवले गर्नुभयो ।

नेकपा एमाले पार्टी त्याग गरेर भोगेन्द्र साह,देव नारायण साह,श्याम कुमार ठाकुर,जीवछ सदा,रविन्द्र साह,सुरेश लुङगेली,मान बहादुर लुङगेली जय प्रकाश साह र सुलेन्द्र सदा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको थियो । नव प्रवेशीहरुलाई मधेश प्रदेश कमिटिका सदस्य तथा नगरप्रमुख श्रवणकुमार यादवले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A