एमालेले मनाइयो संविधान दिवस, जनमतका कार्यकर्ताद्वारा कालोपटी वाँधेर प्रदर्शन

  • आश्विन ३, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, असोज ३ गते ।
नेकपा एमाले सिरहा जिलला इन्जार्ज सुमन प्याकुरेलले प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षाको लागि संविधानको रक्षा आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले सिरहाले आयोजना गरेको संविधान दिवसको अवसरमा चोहर्वाको सृजना समुदायिक भवनमा आायेजित कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा इन्चार्ज प्याकुरेलले सरकार नै संविधान विरोधी कार्यमा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘जाती र धर्मको नारा लगाएर एकता र सामजिक सदभाव विगानेृहरुलाई सरकारमा रहेका दलहरुले नै संरक्षण गरेर संविधान विरोधी गतिविधि गर्नेहरुलाई बढावा दिइरहेका छन् ।’नेकपा एमाले संविधानको रक्षा देशको समृद्धि र राष्ट्रिय एकताको पक्षमा रहेको प्रष्ट पार्दै संविधानका मौलिक हकहरुलाई कार्यान्वयन गरी देश र जनताको वृहत्तर हितमा रहेको प्ष्टयाउनुभयो ।
कार्यक्रममा प्रदेशसभाका माननीय शत्रुधन प्रसाद सिंहले संघीयताको पक्षमा रहेका शक्तिहरुले संविधानको रक्षाको लागि एक भएर लाग्नुपर्ने बेलामा एमाले बाहेकका दलहरु सत्तको लागि गलत गतिविधिहरुमा लागेको धारणा राख्नुभयो । सतमा पनि रहने र असोज ३ लाई कालो दिनको रुपमा पनि मनाउयने गलत अभ्यासमा केहि दलहरु लागेको उहाँले भन्दै संविधान समयको माग अनुसार संशोधन पनि गरिने प्रष्टयाउनुभयो ।

कार्यक्रममा सिरहा–१ का संघीय सांसद राम शङकर यादव, समानुपापतिक सांसद गङगा प्रसाद यादव प्रदेशसभा सदस्य मनोज सिंह नेकपा एमाले प्रदेश कमिटिका अध्यक्ष तथा सुखीपुर नगरपालिका प्रमुख राम औतार यादव,कर्जन्हा नगरपालिका प्रमुख भोला पोखरेल, सिरहा नगरपालिका प्रमुख नविन कुमार यादव जिलला समन्वय समिति सिरहाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

नेकपा एमाले सिरहा जिलला कमिटि अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न संविधान दिवस कार्यक्रममा एमालेका सिरहा जिल्ला कमिटि सदस्यहरु र पालिका कमिटिका अक्ष्यक्षहरु सहभागी रहनु भएको थियो ।

sambidhan diwas news.photo 2
यता जनमत पार्टीका नेता युगल किशोर साहको नेतृत्वहरुको अस जनाको समूहले लहानको लोकतान्त्रिक (शहीद) चोकमा कालोपाटी बाँधेर मधेशी विरोधी संविधानलाई मधेशी जनताले स्वीकार नगरेकोले कालो दिनको रुपमा मनाउन कालो पार्टी बाधेर। प्रदर्शन गरीरहेको नारा जुलुस गर्नुभयो ।

नेता साहले भन्नुभयो,‘जनमत पार्टीले कालो दिनको रुपमा मनाउन निर्देशा दिएको छैन । पहिले मधेशी त्यसपछि जनमत पार्टीको कार्यकर्ता नेता हौ ।’संविधानमा संशोधन गरेर मधेशी जनताको भावनालाई नसमेटिएसम्म हामी असोज ३ लाई कालो दिनको रुपमा मनाइ रहने उहाँले तर्क गर्नुभयो । युगल किशोर साह संघीय निर्वाचनमा सिरहा –१ बाट जनमत पार्टिका उम्मेदबार हुनुहुन्थ्यो ।

 

एमबिबिएस पढ्ने र विम ...

  जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहा ...

छठको रौंनक घाटमा सरस ...

जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयार ...

‘फाइलहरु खोल्न नसके ...

जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । ...

मंसिर ६ गते सिरहा धन ...

  जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A