एमाले प्रदेश अध्यक्षमा सिरहाका मण्डल सर्वसम्मत चयन

  • असोज २६, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, असोज २६ गते । मधेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा असोज (२४-२५) गते सम्पन्न प्रदेश अधिवेशनबाट मण्डल चयन हुनु भएको हो । 

उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), उपसचिवमा आरती भण्डरी (रौटहट) र उपसचिवमा मो. कैस (धनुषा) सर्वसम्मतबाट चयन हुनु भएको हो । 

जनप्रतिनिधिको रुपमा मेयर, उपमेयर, प्रतिनिधिसभा सांसद, प्रदेशसभा सदस्यमा निर्वाचितहरुले प्रदेश अध्यक्ष नहुने विधानमा व्यवस्था भएपछि प्रदेश अध्यक्ष समेत रहनु भएको सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादव अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्नु परेको छ ।

सिरहा अर्नमा गाउँपालिका अध्यक्षमा पराजित मण्डल सिरहा जिल्ला कमिटि अध्यक्ष समेत रहनु भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य सिरहा-३ का सांसद लिलानाथ श्रेष्ठको अनुयायी मण्डलले प्रदेश अध्यक्षको बाजी मार्न सफल हुनुमा नेता श्रेष्ठकै श्रेय रहेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले बताउनुभयो । 

स्नातकसम्म अध्यनरत मण्डल गौरीपुर गाविस अध्यक्ष हुनु भएको थियो । शान्त स्वभावका मण्डल पार्टीले दिएको जिम्मेबारी कुसलतापूर्वक निर्वाह गर्ने नेताहरुको श्रेणीमा एमाले जनहरुले बताएका छन् । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A