प्यालेस्टाइनीलाई भुमी छाडन दिएको इजरायली आदेश प्रति कुबेतको आपत्ति

  • असोज २७, २०८०
  • समृद्धिपथ
alt

कुबेत, २७ असोज । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । 

गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ ।

गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू-आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो ।

पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुपरेको छ किनभने तिनीहरू नाकाबन्दी गरिएको इलाकाको दक्षिणतिर गईरहेका छन् । इजरायलले प्यालेस्टाइनी भुमीमा हवाई आक्रमणहरू जारी राखेको छ। 

यसअघि अलजजिराले समाचार प्रसारण गरेको थियो कि इजरायली हवाई आक्रमणमा दक्षिणतर्फ जाँदै गरेको आफ्नो काफिलेमा परी धेरै सर्वसाधारण मारिएका छन् ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A