लहानको दुर्गा मन्दिर क्षेत्रमा माओवादीद्वारा सरसफाई

  • आश्विन २७, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

असोज २७ गते । नेकपा माओवादीले सञ्चालन गरेको 'घर घरमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहानको दुर्गा मन्दिर क्षेत्रमा शनिबार विशेष सरसफाई गरेको छ । 

अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलको उपस्थितिमा नेकपा लहान नगर कमिटिको पहलमा आयोजना गरिएको सरसफाई कार्यक्रममा माओवादीको जिल्ला र नगर कमिटिका नेताहरुको उपस्थिति रहेको थियो ।

केस संयोजक मण्डलले माओवादी पार्टी जनताको दिल दिमागमा रहि रहन जनपक्षीय काम गरेर समाज परिवर्तनका लागि अघि बढिसकेको बताउनुभयो । उहाँले थप्नुभयो,' माओवादी भित्र मौलाएको विकृतिहरु फोहोरको रुपमा रहेको थियो । जसरी सरसफाई गरेपछि सुन्दर देखिन्छ त्यसरी नै माओवादी पार्टी आन्तरिक सरसफाई गर्न अभियान ल्याएको हो । राजनीतिक परिवर्तन गरेको माओवादी अब सामाजिक परिवर्तन र आर्थिक समृद्धिको लागि अघि बढिसकेको छ ।' 

नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले आउने स्थानीय चुनावमा लहानको ग्रामीण र शहरी क्षेत्रका जनताले माओबादी पार्टीलाई नै लहानको नेतृत्व सुम्पनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 'माओवादीहरु अब गप गरेर समय खर्चिनु हुँदैन,जनताको सेवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ' उहाँले भन्नुभयो । 

सरसफाईमा जिल्ला कमिटि सदस्य बिजय गुप्ता गमकलाल चौधरी,सुधा यादव गणेश चौधरी देव नारायण महतो र नगर उपाध्यक्ष दशमीलाल चौधरी र सचिब उमेश साहको सक्रियता रहेको थियो । 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A