लहानको दुर्गा मन्दिर क्षेत्रमा माओवादीद्वारा सरसफाई

  • असोज २७, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

असोज २७ गते । नेकपा माओवादीले सञ्चालन गरेको 'घर घरमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहानको दुर्गा मन्दिर क्षेत्रमा शनिबार विशेष सरसफाई गरेको छ । 

अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलको उपस्थितिमा नेकपा लहान नगर कमिटिको पहलमा आयोजना गरिएको सरसफाई कार्यक्रममा माओवादीको जिल्ला र नगर कमिटिका नेताहरुको उपस्थिति रहेको थियो ।

केस संयोजक मण्डलले माओवादी पार्टी जनताको दिल दिमागमा रहि रहन जनपक्षीय काम गरेर समाज परिवर्तनका लागि अघि बढिसकेको बताउनुभयो । उहाँले थप्नुभयो,' माओवादी भित्र मौलाएको विकृतिहरु फोहोरको रुपमा रहेको थियो । जसरी सरसफाई गरेपछि सुन्दर देखिन्छ त्यसरी नै माओवादी पार्टी आन्तरिक सरसफाई गर्न अभियान ल्याएको हो । राजनीतिक परिवर्तन गरेको माओवादी अब सामाजिक परिवर्तन र आर्थिक समृद्धिको लागि अघि बढिसकेको छ ।' 

नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले आउने स्थानीय चुनावमा लहानको ग्रामीण र शहरी क्षेत्रका जनताले माओबादी पार्टीलाई नै लहानको नेतृत्व सुम्पनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 'माओवादीहरु अब गप गरेर समय खर्चिनु हुँदैन,जनताको सेवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ' उहाँले भन्नुभयो । 

सरसफाईमा जिल्ला कमिटि सदस्य बिजय गुप्ता गमकलाल चौधरी,सुधा यादव गणेश चौधरी देव नारायण महतो र नगर उपाध्यक्ष दशमीलाल चौधरी र सचिब उमेश साहको सक्रियता रहेको थियो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A