कांग्रेसका बिद्रोही कार्की कोशीका मुख्यमन्त्रीमा नियुक्त

  • आश्विन २७, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । 

प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिएका हुन् ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । 

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको थियो । 

जसअनुसार आङबो समुह हस्ताक्षर सनाखतमा जान नसके पछि आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

newskarkahna-news584870.

  

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A