राजा देखि बिप्लवसम्म अटाउने ब्यवस्था आवाश्यक: कमल थापा

  • असोज २७, २०८०
  • समृद्धिपथ
alt

ललितपुर, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।

थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिबर्तन गर्ने बताए ।

मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । "जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले बिकल्प खोज्छन् " थापाले भने ।

देशको स्वाधिनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था  परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए । 

लोकतन्त्र ,हिन्दुत्व,सुशासन  र  समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुंदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे ।

कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,भाष्कर भद्रा, श्याम धिमिरे,श्याम नेपाल ,सुदर्शन केसि लगायतले बोलेका थिए ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A