विकासको लागि सहकार्य आवश्यक ः पूर्वमन्त्री मातृका प्रसाद यादव

  • कार्तिक २, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी

नेकपा माओवादीका उप महासचिव तथा कर्णाली प्रदेशका इन्चार्ज रहनु भएका पूर्व मन्त्री मातृका प्रसाद यादवले विकासको लागि सबै दलहरुमा एकता र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

मिर्चैया नगरपालिकाले आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रको प्रमुख अतिथिको रुपमा शुभकामना सन्देसमा यस्तो बताउनु भएको हो ।

पहाडमा चुनाव सकिएपछि विकासको लागि सबै एकै ठाउँमा बसेर विकासको लागि सहकार्य गर्छ भने मधेशमा चुनावमा हार जीतको इख विख राखेर विकासमा अवरुद्ध गर्ने विकृतिले मधेश पछाडि परेको भन्दै पहाडको यो राम्रो संसकार मधेशले पनि सिक्नुपर्ने उहाँले तर्कगर्नुभयो ।

mirchaiya photo 5
मधेश प्रदेशको आफू नेता भएर पनि कर्णली प्रदेशमा पार्टीले ल्याएको विशेष रुपानतरणको अभियान शानदार रुपमा अघि बढिरहेको प्रसङग कोट्याउँदै मधेश प्रदेशमा माओवादी नेताहरुले मुखले बोलेर एकताको सन्देस दिएपनि भित्र रुपले मिल्न नसक्नु कमजोरी रहेको उहाँले बताउनुभयो ।

‘महान शहिद राम वृक्ष यादव आफू रहुञ्जेल पार्टीमा एकता र सहकार्यको लागि जहिलेपनि अनुकूल बातावरण बनाउनुहुन्थ्यो । उहाँले एकताबाट मात्रै क्रान्तिकारी कार्यक्रम अघि बढन सक्ने भन्नुहुन्न्थ्यो । मास्टर साहवले एकतामा जोड दिएर निकै गीत र कसविता समेत रचनु भएको थियो,नेता यादवले स्मरण गराउनुभयो 

अहिलेको संविधानको प्रस्तवानामा नै समाजवाद उन्मुख भनिएकोले समाजवादी क्रान्ति सम्पन्न गर्ने अभिभारा माओवादी पार्टीले पुरा गर्न आपसी एकतामा लाग्नुपर्ने उहाँले भन्दै मिचैया नगरपालिकामा आफ्नै पार्टीका निर्वाचित नगरप्रमुखलाई काम गर्न नदिइने प्रवृति गलत भएको बताउनुभयो ।
मिचैया नगरपालिकाले शिक्षा स्वास्थ्यमा उल्लेखनीय काम गरेपनि ग्रामीण भेगमा सडक निर्माण र वास्तविक सुकुम्वासीहरुलाई आवासको व्यवस्था गर्न ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

mirchaiya photo 2
मिर्चैयाको बजार क्षेत्रमा रहेको अर्वपतिहरु आफूपनि सुकम्वासी रहेको नाटक मञ्चन गरिरहेको नेता यादवले प्रष्टयााउदै भन्नुभयो,‘वास्तविक सुकम्वासीलाई बस्ने जग्गा उपलब्ध हुनुपर्छ, नक्कलीहरुले विकासमा अवरुद्ध खडा गरे पार्टी एकजुट भएर त्यसतालाई नाटक मञ्चन गर्न दिनु हुँदैन ।’

मिचैया नगरपालिकाले भौतिक विकास मात्रै होइन । सामाजिक न्याय र रोजगारी सृजना गर्ने कार्यलाई समेत प्राथमिकता दिनुपर्ने नेता यादवले सुझाव दिनुभयो ।
नगरप्रमुख श्रवण यादवले मिर्चैया नगरपालिका सुशासन र विकासमा जिल्लामा प्रथम, प्रदेशमा तेस्रो र देशभरीमा २३ औ स्थानमा रहेको जानकारी दिनुभयो । अहिलेसम्म १६ किलोमिटर पीच सडक,१८ मिलोमिटर ढलान,९ किलोमिटर पककी नाला निर्माण,५० वाटा सामुदायिक भवन, ३५ वटा कल्र्भट,वडा नम्बर –३ मा मल्हनियाँमा अस्पताल भवन ,मिचैयामा २५ शैयाको अस्पताल सञ्चालन,४ वटा पु, निर्माण, ५० किलोमिटर कृषि सडक खानेपानीको लागि १२ वटा बोरिङग जडान गरी मिचैया नगरपालिकाले समृद्ध बनाउन अघि बढिरहेको जानकारी दिँदै सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढ्ने प्रतिवद्धता सहित शुभकामना दिनुभयो ।

mirchaiya photo 3
शुभकामना कार्यक्रममा नेकपा माओवादी के्रन्द्रका केन्द्रिय सदस्य तथा पूर्व कानून मन्त्री अजय शङक् नायकले परिस्थिति अनुसार हामी हिँड्न सक्नुपर्ने बताउँदै प्रतिक्रान्तिको जर्वजस्त खतरा हामी समक्ष आइ सकेको तर्क गर्नुभयो । उहााले थप्नुभयो,‘समाजवाद उन्मुख संविधान त ल्यायौ तर त्यस अनुसारको व्यवहार र कार्यक्रम आउन नसक्नु कमजोरी रहेको छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व शिक्षा राज्यमन्त्री बोधमाया यादवले शुभकामना कार्यक्रममा पनि सबै नेताहरु सहभागी हुन नसक्नु बिडम्बना भएको भन्दै इजरायलमा दस जना नेपालीहरुको हमासको आक्रमणमा मृत्यु भएको खवरले यस पटकको दसैंमा खासै उत्साह नरहेको बताउनुभयो ।
नेकपा माओवादी संसदीय दलका नेता भरत साहले अहिले सवैले विषदी अन्न खान्ु परिरहेकोले अर्गानिक खेतीतर्फ मिर्चैया नगरपालिकाको ध्यान जानुपर्ने शुभकामना दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जगत यादव,केस टेक बहादुर बलम्कोटी केन्द्रिय सल्लाहकार बज्र किशोर सिरहा जिलला इन्चार्ज श्रवण बरबरिया एन प्यावसन सिरहाका अध्यक्ष प्रदिप तिवारी,मोहन उच्च माविका शिक्षक अशोक कुमार यादव, फूलवरिया मावि का प्रधानाध्यापक फूलगेन नायक मिचैया अस्पतालका सुपरीडेन्टेड सारिका गोइत लगायतकाका शुभकामना दिनु भनु भएको थियो । कार्यक्रममा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विथाथीृहरुले नृत्य तथा गीत गाएर कार्यक्रमलाई बीचबीचमा मनोरञ्नात्मक बनाएको थियो ।

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A