‘बाम एकताका लागि फेरिनुपर्छ ओलीको बोली र प्रचण्डको शैली’

  • कार्तिक ४, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
दसैंको रमझममा रहेको नेपालीहरुले राजनीतिक घट्नाक्रमले निरास हुने परम्परा नै केहिवर्ष यता चल्दै आइरहेको छ । यस वर्षपनि कोशी प्रदेशबाट सुरु भएको राजनीति घट्ना क्रमले चाडपर्व सकिने वित्तिकै देशको राजनीतिले नयाँ कोर्स लिइने संकेत देखिएको छ । काँग्रेस माओवादी र एसको गठबन्धन प्राकृतिक गठबन्धन नरहेको निरासा जनताले आफ्नो मतदान गरेर नै आक्रोस पोखि सकेको थियो । चुनाव सकिए लगतै नेपाली काँग्रेसले प्रचण्डलाइै ऐना देखाइ दिएको थियो । त्यसपछि ओली प्रचण्डको बीचमा सरकार गठबन्धनभयो । त्यसले जनतमा फेरि उत्साहको संचार गरेको थियो । फेरि प्रचण्ड र ओली एक ठाउँमा आएपछि बाम एकता भएर देशले स्थीर सरकार पाउने छ । विगतमा भएको गलती कमजोरीहरुलाई सच्याउने छ । तर केपी ओलीको बोली र प्रचण्डको शैलीले एमाले मोओवादीको सरकारबाट एमालेको मन्त्रीहरुलाई फिर्ता आउनुपरयो । देउवासँग सरकार गठन गरेर प्रचण्ड शेर बहादुर देउवा र माधव कुमार नेपालले यो सरकार पाँच वर्ष नै चल्ने कागजमा हस्ताक्षर गर्नुभयो । अहिले नेपाली काँग्रेसको शेरबहादुरलाई टेर्दै नटेरी स्ुनिल शर्मालाई प्रयोग गरे शेखर कोइरालले विरोधको लागि संकेत गरिसकेको थियो । त्यतिवेला देखि नै शेखर समुह कतै न कतै प्रचण्डलाई हटाउन लागि परेको हो भने धारणाहरु मिडियामा आउन थालिसक्यो । कोशी प्रदेशमा शेखर कोइराला र केपी ओलीको डिजाइन केदार कार्कीलाई मुख्यमन्त्री बनाएर सार्वजानिक भएपछि कोशीबाट बागमति हुँदै सातै प्रदेशको सरकारबाट मोओवादीलाई हटाउने कुरा नेपाली काँग्रेसको शेखर समूहको नेताहरुबाट आउने कुरालाई प्रचण्डले कसरी लियो र माधव कुमार नेपालले के सोचिरहेको छ ? यतिवेला राजनीति वृतमा चर्चाको विषय बनिरहेको छ । एमाले माओवादी र एकिकृत समाजवादी पार्टी खुद्रा पसल थपेर काँग्रेसलाई राजनीति व्यापारको होलसेल पसल खोल्न दिएको हो भने चर्चाले पनि त्यति महत्व पाइरहेका छन् । आखिर बाम एकताको माहोल केपी ओलीको बोली र प्रचण्डको अस्थीर शैलीले विग्रेको हो । नयाँ शिराबाट बाम एकताको लागि फेरि सुरुवात गर्न के गर्दा उपयुक्त होला भने विषयमा केन्द्रित हुन जरुरी देखिएको छ ।

१ बाम बुद्धिजीविहरु अघि आउनुपर्छ 

बाम समर्थक बुद्धिजीविहरु चाहे एमाले पार्टीको भातृ संगठनमा अटाएका बुद्धिजीविहरु हुन चाहे माओवादी र एसमा आवद्ध किन नहोस् । बाम बुद्धिजीविहरुले साझा मञ्चमा उभिएर तत्काल बाम मोर्चा पछि बाम एकतासम्म गरेर देशलाई संविधानमाको प्रस्तावनामा नै भएको समाजवाद उन्मुख व्यवस्था ल्याउन बामपन्थीहरुको स्थीर सरकार बनाउन जरुरी छ भने विषयमा केन्द्रित हुन जरुरी छ । बाम बुद्धिजीविहरुको काम नै बाम शक्तिहरुलाई एक ठाँउँमा ल्याउनु हो । अहिलेसम्म बाम बुद्धिजीविहरु आफ्ने विवेक बुद्धि नलगाएर पिछग्गु बनेर निकास र विकासको लागि खरो उत्रिन सकेको छैन् । यतिवेला केपी ओलीको बोली र प्रचण्डको शैलीले नै नेकपा भएर हासिल गरेको शक्ति हा्रस भएको हो । केपी ओलीले के के गलती कमजोरी गर्नुभयो । प्रचण्ड कहाँ चुक्यो ? माधव कुमार नेपाल कहाँ पार्टीलाई सम्हालन सक्नु भएन ? सबै बुँदा समेटिएर तत्काल बाम मोर्चाको नृतृत्वमा सरकार बनाउन माक्र्सबादी र माओवादी दृष्टिकोण बनाउन बाम बुद्धिजीविहरुको साझा कसरत हुन अपहिार्य देखिएको छ ।

२ गाँउदेखि केन्द्रसम्म बाम मोर्चाको लागि अभियानको थाल्नी 

युवा शक्तिलाई परिवर्तनको संवाहक भनिन्छ । तर हरेक बाम दलमा रहेका युवाहरु सहि सत्यको लिक छाडेर पार्टीको अन्धभक्त र नेताहरु कमि कमजोरी गर्दापनि भजन मण्डली बनेर गाली र तालीको विकृतिमा लागेका छन् । एमालेको युवासंघ माओवादी आवद्ध वाइसिएल नेकपा एसका युवासंघ साझा बैठक बसेर पार्टी अध्यक्षहरुलाई पार्टीका पुराना पुस्ताहरुलाई शिर्ष नेतहरुलाई बाम मोर्चा आवश्यक छ । त्यसको लागि निजि स्वार्थ सिद्धि गर्न र आजीवन पार्टी अध्यक्ष र प्रधानमन्त्री भइरहने गलत अभ्यासलाई छाडेर कि त पुरानो पुस्ता मिलेर बाम एकता गरौ बामपन्थीहरुको नेतृत्वमा सरकार गठन गरौ कि त नयाँ पुस्तालाई मार्ग प्रशस्त गरिदिनु भने किसिमको दबाब सुजना गर्न सके दसैं लगतै काँग्रेसको देउवासँग प्रचण्ड माधव नेपाल र शेखर कोइरालानसँगको ओलीको गठबन्ध दुबै गलत र बेठिक छ भने खबरदारी गर्न युवा पुस्ताको काँधामा यो जिम्मेबारी आएको छ । यो जिममेबारी निर्वाह गर्न हरेक ठाँउमा एमाले माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताहरु गाँउ स्तरमा आपसी सम्झदारी बनाउन तीक्तताहरु विर्सेर वातावरण बनाउन लागि हाल्नुपर्छ ।

३ प्रचण्ड ओली र नेपाललाई एकै ठाँउमा बसेर निकास निकाल्न समयसिमा तोक्नु 

दसैं लगतै बाम मोर्चा तत्काल गठन गर्न छोटो समय सिमा तोकेर पार्टीको शिर्ष नेताहरु केपी ओली, प्रचण्ड र माधव नेपाललाई एकै ठाँउमा बस्ने गरी बोलाउने बाम मोर्चाको सरकार गठन गर्नको लागि तिहार अगावै दिल मन मिलाएर आउनुपरयो भने समय सिाम तोक्न युवा विधार्थी र बुद्धिजीविहरुले पहलकदमी लिन जरुरी छ । विगतमा गलती कमजोरी सबैबाट भएकै हो । विगतलाई कोटयाउनुभन्दा नयाँ शिराबाट एकताको सुत्र खोज्न दबाबा सृजना गर्ने कार्यमा लाग्न पनि त्यतिकै जरुरी छ । अहिलेसम्म बाम एकताले निरन्तरता नपाउनु मजबूत एकता नहुनुको कारण सैद्यान्तिक नभएर पार्टीलाई कब्जा गरेर नेतृत्वमा सदा रहिरहने पुरानो पुस्ताको गलत रबैया कति दिन नयाँ पुस्ता टुलुटुलु हेरिरहने र देशलाई निकास र विकास दिनबाट बञ्चित गरिरहने ? यस विषयमा बाम दलहरुमा रहेका नयाँ पुस्ता र पुरानो पुस्ताका इमानदार प्रयास गर्ने नेताहरु एक अर्कालाई ताली र गाली गरेर आफ्नो शक्ति क्षय गर्नुभन्दा एकतामा बल हुन्छ भने भनाईलाई व्यवहारमा किन नउताार्ने ? कम्युनिष्ट पार्टीको नृत्तवलाई देवत्करण गर्न चाकरी झल्किने शब्दहरु प्रयोग गरेकै कारण नेताहरु भावी पुस्तालाई प्रयोग गरिरहेको छ । आफ्नो निजि स्वार्थको लागि देशलाई निकास दिन बाम एकता आवश्यक भएपनि त्यसको लागि कतै न कतै केपी ओलीको कटाक्ष गर्ने बोली र प्रचण्डको अस्थीर प्रवृत्ति बाधक बनिरहेको छ । गोल गरेर समृद्धि विकास र समाजवादको खेल जित्नुपर्नेमा भद्रगोल भइरहेको छ ।

४ राजनीतिक इतिहास भजाएर खाने छुट नदेउ

एमाले अध्यक्ष केपी शर्मा ओली चौध वर्ष जेल बस्नुभयो । झापा विद्रोहको माध्यमबाट कम्युनिष्ट पार्टी उर्जा भन्ुभयो । उहाँको ठूलो योगदान रहेो छ । एमालेमा केपी ओली माधव नेपाल बामदेव गौतम लगायतका नेताहरुको योगदानको कदर गरेर पार्टी अध्यक्ष महासचिव उपाध्यक्ष प्रधानमन्त्री गृहमनत्री लगायतका जिम्मेबारी पनि पटक पटक निर्वाह गरी सक्नुभयो । अब त आराम गर्नेबेला भयो । दोस्रो पुस्तालाई सक्रिय राजनीति सुम्पेर अभिभावक सललाहकारमा बस्नुपरयो । त्यसैगरी माओवादी जनयुद्ध हाक्नु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कति दशक पार्टिको अध्यक्ष रहि रहने कति पटक प्रधानमन्त्री बनि रहने । आफ्नो भूमिका जीवित राख्न नयाँ नयाँ शैली अपनाएर अस्थीर भूमिका खेल्नुभन्दा बृहत्तर बाम एकता गर।ाएर अब सक्रिय राजनीतिबाट विश्राम लिन किन तयार नहुने ताकि बाम एकताहोस पुस्तान्तरण भएर उर्जा थपियोस् र बामपन्थीहरुको नेतृत्वमा स्थीर सरकार चलिरहोस् ।

५ बाम मोर्चा वा बाम एकताको लागि आधारपत्र तयार गर्ने

अब नयाँ पुस्ताहरु बाम मोर्चाको लागि आधार तयार गर्नको लागि विश्वासिलो आधार पत्र तयार गरेर अन्तर पार्टीमा बहस चलाएर शीर्ष नेताहरुलाई सहमत गराउने । सरकार र पार्टीको भूमिकामा रहेर भ्रष्टाचार अनियमितता र राष्ट्रघातमा संलग्न हुने नेताहरुलाई पार्टीको घोषित नीति विधान अनुसार कार्वाहीको प्रक्रियाको बारेमा समेत वहस अघि बढाउने । २०४६ साल यता केन्द्रिय नेताहरुको सम्पति छानविन गर्न समेत विभिन्न कार्यदलहरु बनाएर बाम मोर्चालाई बलियो र जनताको विश्वास जित्न सकिन्छ भने आधार पत्र बनाउन पनि त्यतिकै आवश्यक छ । पार्टीलाई तलबाट शुद्धिकरण गर्दै माथिसम्म पुग्ने । समय अनुकूल आचरण व्यवहार गर्न चुक्यो भने बामपनथीहरुको उर्बरभूमि रहेको नेपालमा पनि भारतको पश्चिम बङगालकै हालत नहोला भन्न सकिन्न ।


अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A