'भ्रष्टाचारीहरुलाई साथ दिनु हुँदैन'

  • कार्तिक ११, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

कातिक ११ गते । 

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण अभियान लहानको संयोजक अमर मण्डलले बताउनु भएको छ । लहान- ४ नम्बर वडामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता मण्डलले यस्तो बताउनु भएको हो । 

यो देशको समृद्धि विकास र समाजवादको यात्रामा अघि बढ्ने बाधक भ्रष्टाचार नै रहेकोले भ्रष्टाचारीहरुलाई साथ दिइने र स्वयम भ्रष्टाचारमा लिप्त हुनेहरु वास्तविक माओवादी हुन नसक्ने उहाँले बताउनुभयो । 

गरीव दलित पछाडि परेको र पारिएको वर्गको उठानको लागि माओवादी पार्टीले दस वर्षको जनयुद्ध गरेको स्मरण गराउँदा शान्ति वार्तापछि संसदीय धारको राजनीतिमा केहि विकृतिहरु पार्टीमा भित्रिएकोले त्यसैलाई शुद्धिकरण गर्न अभियान लिएर आएको नेता मण्डलले प्रष्टयाउनुभयो । उहाँले थप्नुभयो,'माओवादी कमजोर भयो भने गरीव मजदूर जनताको आवाज कमजोर हुने र अधिकार पनि खोसिनेछ । तसर्थ माओवादी पार्टीलाई शहरी क्षेत्रमा मजबूत बनाउन मजदूर वर्गलाई समेटिनु आवश्यक छ । 

FB_IMG_1698503328152

कार्यक्रममा पुर्व जिल्ला कमिटि सदस्य विजय गुप्ताले शहरी क्षेत्रमा माओवादी समर्थकहरुमा उर्जा भर्न अभियान आएको बताउनुभयो । लहान- ४ नम्बर आउने स्थानीय चुनावमा माओवादीले जित्ने आधार रहेको दावी गर्नुभयो । 

विपद व्यवस्थापन समितिका केस सुरेन्द्र प्रसाद साहले माओवादीको विचारलाई जनजनमा पुर्याएर संगठित हुन अभियान आएको भन्दै नेकपा माओवादीका अगुवा नेताहरुले समेत पार्टीको नीति सिद्धान्त अनुसारको व्यवहार देखाउन आग्रह गर्नुभयो । 

 

FB_IMG_1698503321598

नेकपा माओवादी नगर कमिटिका अध्यक्ष हेमन्त कुमार यादवले लहान नगरपालिकाका किसान मजदूरको पक्षमा माओवादी पार्टीका नेता कार्यकर्ताहारुले लाग्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारीहरुले गरेका हर्कतको भण्डाफोर गरेर लहानको समृद्धि र विकासको लागि २४ वटै वडामा माओवादीको संगठन कसरी बलियो बनाउने यसतर्फ हाम्रो ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भ्रष्टाचारीहरुको विरोधमा माओवादीको नेता कार्यकर्ताहरुले ह्युम सृजना गरी किसान मजदूर र गरीवको समस्याहरु सङ्कलन गरी शिक्षा स्वास्थ्य आवास र रोजगारको लागि लहान नगरपालिकामा दबाबमूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । 

वाइसियल नेपाल सिरहाका अध्यक्ष विवेक परियारले अव वाइसिएल नेपालले पार्टीले दिएको योजना सफल पार्न शान्तिपूर्ण गतिविधि गरेर लागिपर्ने बताउनुभयो । भ्रष्टाचारीहरुले गणतन्त्र र सङघीयालाई कमजोर गरिरहेकोले भ्रष्टहरु बाहिरको होस् चाहे पार्टी भित्रकै होस छुट नदिइने उहाँले दृढता व्यक्त गर्नुभयो ।

FB_IMG_1698503337901

कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य गमकलाल चौधरी,पुर्व जिल्ला कमिटि सदस्य सुधा यादव लहान नगर कमिटि उपाध्यक्ष दशमीलाल चौधरी राजकुमार पासवान लगायत स्थानीयहरुले समेत आफ्नो धारणा राखेको थियो । महिला युवाहरुको बाक्लो उपस्थितिमा अभियान सम्पन्न भएकोथियो । 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A