विचारले एमाले मजबूत छ : केस गङ्गा प्रसाद यादव

  • कार्तिक ११, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान कातिक ११ गते ।

नेकपा एमालेका केन्द्रिय सदस्य सिरहा इन्चार्ज तथा संघीय सांसद गङ्गा प्रसाद यादवले सङ्गठनलाई मजबूत बनाउन बैचारिक र सैद्यान्तिक पक्ष मजबूत हुनुपर्ने बताउनु भएको छ । 

नेकपा एमाले सखुवानन्कारकटी गाउँपालिकाले मौवाही -१ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

नेकपा एमालेको संगठनलाई कुनै हुरी बतासले कमजोर गर्न नसक्नुको कारण बैचारिक र सैद्यान्तिक पक्षलाई नेता कार्यकर्ताले बुझेर व्यवहारमा ढाल्नु रहेको बताउनुभयो । एमाले पार्टीबाट चोइटिएर गएकाहरु फेरि एमालेमा नै फर्किरहेको छ र यो अभियान जारी रहेको नेता यादवले प्रष्टयाउनुभयो । 

'मधेश प्रदेशमा एमाले बलियो भइरहेको छ नै त्यसमा सिरहा जिल्ला एमालेको लाल किल्ला बनाउन इमानदार नेता कार्यकर्ताहरुको मेहनेत नै रहेको छ',उहाँले भन्नुभयो । 

बिशिष्ट अतिथि सिरहा- १ का संङीय सांसद राम शङकर यादवले शुभकामना दिँदै सखुवानन्कारकटी गाँउपालिकामा एमाले फेरि पहिलो शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,' सर्वोच्च आदालतले संघीय सांसदको बजेटमा रोक लगाएपछि प्रतिपक्षका सांसदहरु केहि गर्न नसकेको अवस्था रहेपनि यस्तै अवस्था रहने छैन । दसैतिहारपछि यो सरकार रहने कि नरहने अवस्था छ ।' यस क्षेत्रको जनताको शिक्षा स्वास्थ्य कृषि र बलान नदी कटान नियणत्रणको लागि संसदमा आवाज उठाइरहेको छु र उठाइ रहने विश्वास दिलाउनुभयो । 

शुभकामना कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,प्रदेश कमिटि सदस्य अशोक कुमार यादव,सागर चौधरी सुमेश यादव आशा यादब र जिल्ला अध्यक्ष हुनु भएको डा नबिन यादवलाई स्वागत सम्मान गरेको थियो । कार्यक्रम सखुवानन्कारकटि गाउँकमिटि अध्यक्ष अमिरी यादवको अध्यक्षतामा सम्पन्न भएकोथियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A